सरकारले प्रतिबन्ध घोषणा गरेसँगै विप्लवका नेता भूमिगत

  • प्रकाशित मितिः फाल्गुन, 29, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौं / सरकारले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि प्रतिबन्ध लगाएसँगै सो पार्टीका सबै नेता भूमिगत भएका छन् ।

सरकारले आफूहरुमाथि प्रतिबन्ध घोषणा गरे लगतै सरकारको घोषणाको प्रतिकार गर्ने चेतावनी दिएका विप्लवका सबै नेता भूमिगत भएका हुन् ।

विप्लव माओवादीले सीके राउतसँग सहमति गरेर आफूहरुको पार्टीमाथि प्रतिबन्ध घोषणा गरेर सरकार आफैले युद्धको वातावरण सिर्जना गरिरहेको आरोप लगाएको छ ।

पार्टीमा प्रतिबन्ध लागेपछि आफ्नो नेता कार्यकर्ता पक्राउ पर्न सक्ने डरले सबै जसो नेताहरु भुमिगत भएका हुन् ।

सर्वसाधरणको ज्यान नै जाने गरी बम विष्फोटन र चन्दा मागरे त्रास सिर्जना गरेको भन्दै मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विप्लव माओवादीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

सो घोषणा भएकै रात भरतपुर नगरपालिकाको कार्यलयमा बम विस्फोेट भएको छ । उक्त विस्फोट विप्लबकै कार्यकर्ताले गरेको हुनसक्ने प्रहरीको आशंका छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved