प्रचण्डले उद्घाटन गर्दै महिला साफको पाँचौं संस्करण : नेपालका सामु भुटान कमजोर

  • प्रकाशित मितिः फाल्गुन, 28, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / साफ महिला च्याम्पियनसीपको पहिलो पटक आयोजना गर्ने अवसर पाएको नेपालमा मंगलबार विराटनगरस्थित शहीद रंगशालामा सुरु हुँदैछ ।

पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार दिउँसो ३ बजे पाँचौं साफ महिला च्याम्पियनसीपको औपचारिक उद्घाटन गर्नेछन् ।

प्रतियोगिता आयोजना हुनुभन्दा एक दिन अगाडी सोमबार विराटनगरमा महिला टोलिका कप्तानहरुले शिल्ड सार्वजानिक गरेका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको कार्यक्रममा सबै साफमा सहभागी हुने सबै राष्ट्रका प्रशिक्षक र कप्तानको सहभागिता रहेको थियो ।

उद्घाटनपछि प्रतियोगिताको पहिलो खेल नेपाल र भूटानबीच हुनेछ । घरेलु मैदानमा साफ च्याम्पियनको इतिहास रच्न नेपाली राष्ट्रिय महिला फुटबल टिमले यस पटक आफ्नो समर्थनलाई जीतको आधार मान्दै भुटान विरुद्ध उत्रने भएको छ ।

विगतको सफलता दोहो¥याउने योजना भुटान विरुद्धको खेलमा नेपाली टिमले आफ्नो खेलकलामा सुधार गरेको दावी प्रमुख प्रशिक्षक हरी खड्काको छ ।

दक्षिण एशियाली टिममध्ये भुटानसँगको दुई भेटमा नेपाली टोलीले जीत हाँसिल गरिसकेको छ । भारतको भुवनेश्वरमा भएको हिरो महिला गोल्डकपमा उपाधीका लागि भारतलाई आफ्नै भूमिमा हराएसँगै महिला टिमको मनोबल उच्च रहेको प्रमुख प्रशिक्षक खड्काको विश्लेषण छ ।

‘खेलमा चुनौती आकंलन गरे भन्दा फरक पनि पर्नसक्छ तर भारत नै नेपालका लागि मूख्य चुनौती मान्नुपर्छ’ प्रशिक्षक खड्काले भने –समूह चरणका लागि बंगलादेश र उपाधीका लागि भारत चुनौती हुन् ।

भारतसँगको भेट सेमिफाइनलको समिकरणले निर्धारण गर्नेछ । समूह ‘ए’ मा नेपालसहित भुटान र बंगलादेश र समूह ‘बि’ मा भारत, श्रीलंका र मालदिभ्स रहेका कारण नेपाल र भारतको भेट सेमिफाइनलको समिकरणले तय गर्नेछ ।

समूह चरण पार गर्नका लागि भुटान भन्दा बंगलादेश केहि शक्तिशाली टोलि मानिएको छ । तर, बंगलादेशसँगको पाँच पटकको भेटमा नेपाली टोलीले चार पटक जीत निकाल्दै उसलाई एक खेलको अवसर मात्रै दिएको विगत छ ।

समूह चरणमा पहिलो हुने लक्ष्यलाई प्राथमिकतामा राख्दै त्यसपछि भारतसँगको खेल रणनीति तयार गरिनु पर्ने आवश्यकता महशुस भएको प्रशिक्षक खड्काले बताए ।

भारतसँग नेपाली टोलिको १० भेटमध्ये १ जीत, २ बराबरी र ७ खेल हारको परिणाम हात लागेको छ । तर, हिरो गोल्डकपमा देखाएको मनोबल कायम रहेमा साफ महिला चेम्पियनसीप बन्ने सपना पूरा हुने मानिएको छ ।

अन्र्तराष्ट्रियस्तरको पछिल्लो पाँच खेलमा दुईमा जित, दुईमा हार र एकमा बराबरी बनाएको नेपाली टोलीको प्रर्दशन सन्तुलित बन्दै गएको छ । पछिल्लो पाँच खेलमध्ये भारतमा भएको वुमन्स गोल्डकपमा नेपालले म्यानमार दुई पटक हार ब्यहोरेको थियो ।

समूह चरणको खेलमा ३–० ले पराजित नेपाली टोली उपाधी भिडन्तमा समेत ३–१ मा खुम्चिएको थियो । सोही प्रतियोगितामा इरान र भारतलाई भने पराजित गर्ने सफल भएको नेपाली टोलिले सन् २०२० मा हुने एएफसी वुमन्स ओलम्पिक क्वालिफाइङको पहिलो चरणको खेलमा बंगलादेशसँंग बराबरीमा खेलेको थियो ।

यस्तो छ नेपाल र भुटानबीचको खेल इतिहास

नौ वर्ष अगाडीबाट सुरु भएको महिला साफ अन्र्तगत पहिलो संस्करणमा नेपाल र भूटानबीच खेल भएन । बंगलादेशमा आयोजित पहिलो संस्करणमा दुवै टोली फरक–फरक समूहमा परेका थिए । समूह ‘ए’ मा रहेको भुटान जीतबिहीन खेल खेल्दै बाहिरिएको थियो । नेपाली टोली भने समूह चरणको तीन खेलमा अपराजित रहँदै सेमिफाइनलमा घरेलु टोलि बंगलादेशलाई ३–० ले स्तब्ध बनाएको थियो । उपविजेतामा सिमित बनेको नेपाली टोलिले भारतसँग १–० ले हार बेहोर्नु परेको थियो ।

माल्दिभ्समा आयोजित दोस्रो साफमा पनि नेपाल र भूटान अलग–अलग समूहमा थिए । समूह ‘बी’ मा रहेको नेपालले समूह चरणको तीनै खेलमा जित हात पार्दै सेमीफाइनलको यात्रा गरेको थियो । सेमीफाइलनमा नेपालले श्रीलंकालाई ३–० ले पराजित गर्दै उपाधितर्फ लम्कियो तर फाइनलमा भारतीय टोलीसँग ३–१ गोलले पराजित हुनु परेको थियो । पहिलो संस्करणका खेलमा १ गोल गरेको भुटानले २८ गोल सहनु परेको थियो । भुटानका लागि दोस्रो संस्करण पनि भारतसँग शुन्यका विरुद्ध ११ गोलको इतिहास कायम रहेको थियो ।

पाकिस्तानमा आयोजित तेश्रो साफमा नेपाल र भूटान समूह ‘बि’ मा रहेका थिए । नेपालले भुटानलाई ८–० ले पहिलो खेल पराजित गरेको थियो । फराकिलो जितका लागि अनु लामा, दिपा अधिकारी, सजना रानाले समान दुइ–दुर्ई गोल गर्नु भएको थियो । सावित्री भण्डारी र मेनुका गिरीले समान एक–एक गोल गर्नु भएको थियो । नेपाली टोली उपबिजेता बनेको पाकिस्तानमा भुटान समूह चरणबाटै बाहिरिएको थियो ।

भारतमा आयोजित चौंथो साफमा नेपाली टोलिले समूह चरणका सबै खेलमा विजय लक्ष्य पछ्याउँदै सेमिफाइनलमा भारतसँग ३–१ ले पराजित भएको थियो । नेपाली खेलाडी सावित्री भण्डारीले एक गोल गर्नु भएको थियो । यस संस्करणमा समेत नेपालद्वारा भूटान ८–० शुन्यको अन्तरले पराजित भएको थियो । नेपालको जितमा सावित्री भण्डारीले ६ गोल र सर्मिला थापा तथा कृष्ण खत्रीले समान एक–एक गोल गर्नु भएको थियो । भूटानले तीनै खेलमा १ गोल गर्दै १३ गोलको आत्मसातसहित समूह चरणबाट बाहिरिएको थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved