संविधानले अनुमति नदिने काम हुन नदिने - रक्षामन्त्री पोखरेल

  • प्रकाशित मितिः फाल्गुन, 24, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानले अनुमति नदिने कुनै पनि काम हुन नदिने बताएको छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज संक्षिप्त कुराकानी गर्दै उनले अदालतको फैसला सबैले स्वीकार गर्नुपर्ने कुरामा जोड दिए । उपप्रधानमन्त्री पोखरेलले अदालतको फैसलाको विरुद्धमा आन्दोलन गर्छु भन्ने राष्ट्रिय जनता पार्टीको भनाइ उचित होइन भन्दै कानून सबैले इमान्दारीताका साथ परिपालना गर्नुपर्ने उल्लेख गरे ।

उनले मुलुकका तीन वटै तहका सरकारको अधिकार संविधानले सुनिश्चित गरिसकेको स्पष्ट पार्दै सरकारले आफ्नो अधिकारलाई कार्यान्वयन गर्न कानून निर्माण गरिरहेको चर्चा गरे ।

मुलुकमा तीव्रगतिमा विकास हुने कार्यको आधार निर्माण भइसकेको बताउँदै उपप्रधानमन्त्री पोखरेलले आपराधिक गतिविधि गर्नेलाई सरकारले नियन्त्रण गर्ने बताए । उनले विशुद्ध एवं व्यावसायिक नेपाली सेनामा राजनीतिक हस्तक्षेप कहिले हँुदैन भने ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved