बेलबारी प्रहरीद्वारा जबरजस्ती करणी मुद्धाका फरार प्रतिबादीहरु पक्राउ

  • प्रकाशित मितिः फाल्गुन, 21, 2075
  • पहिलो किताब संवाददाता

मोरङ / बेलबारीबाट खटिएको बिशेष टोलिले जबरजस्ती करणी मुद्धाका फरार प्रतिबादीहरु पक्राउ गरेका छन् । मोरङ जिल्लाको साविक सुन्दरपुर गा.बि.स.वडा नं.६ लाटिझोडामा नाबालिका माथि सामुहिक बलत्कार गरी फरार भएको घट्नामा मोरङ जिल्ला अदालतको फैसलाले ११ बर्ष कैद ठहर भई फरार रहेका मध्ये सुन्दरहरैचा नगरपालिका वडा नं.४ बस्ने बर्ष ३८ को गोम्बे तामाङलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको बिशेष टोलिले पक्राउ गरेका हुन् ।

त्यसै गरी जबरजस्ति करणि उद्योग मुद्धामा मोरङ जिल्ला अदालतबाट २ बर्ष ६ महिना कैद तथा २० हजार जरिवाना तोकि फरार भएका जिल्ला मोरङ केराबारी गा.पा.वडा नं.८ बस्ने बर्ष ३७ को हर्क बहादुर बि.क.लाई पनी बेलबारी प्रहरीले पक्राउ गरेको छ ।

निजहरु दुबै जनालाई आबश्यक कारबाहिको लागि मोरङ जिल्ला अदालत मार्फत कारागार पठाईएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक राम कुमार राईले जानकारी दिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved