सरकारले सुशासन दिन नसकेको राणा र लोहनीको आरोप

  • प्रकाशित मितिः फाल्गुन, 21, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपति शम्सेर राणाले वर्तमान सरकारले सुशासनको अनुभूति गराउन नसकेको बताएका छन् ।

विराटनगरमा मोरङ जिल्ला पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता राणाले स्थायी सरकार भएर पनि सुशासन कायम हुन नसकेको बताएका हुन् ।

उनले मुलुकमा भ्रष्टचार र महंगी बढेको दावी गर्दै जनताले त्यसको सास्ती बेहोर्नु परेको आरोप लगाए । उनले सरकार बलियो देखिएपनि कार्यशैली नराम्रो हुँदा जनताले शासनको अनुभूति गर्न नसकेको जिकीर गरे ।

अध्यक्ष राणाले धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र र संवैधानिक राजसंस्थाको मुद्दा अझैसम्म आफ्नो पार्टीको माग रहेको बताउनुभयो । यहि मुद्दाका लागि आगामी बैशाखदेखि आफ्नो पार्टी जनमत बटुल्ने अभियानमा लाग्ने पनि राणाको भनाई थियो ।

यसैगरी अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीले सरकारले आफ्नो संख्याको घमण्डमा निरंकुश शैली अपनाएको आरोप लगाए । उनले बलियो रहेको आधार सुशासनबाट मात्रै प्रस्तुत गर्न सकिने सुझाव दिदैं जनतालाई केन्द्रबिन्दुमा राख्न नसकेको बताए ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved