विराटनगरका सय घर सुकुम्वासीलाई नमूना आवास

  • प्रकाशित मितिः फाल्गुन, 21, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / विराटनगर महानगरपालिका–५ र १९ नम्बर वडामा रहेका सयघर घरविहीन सुकुम्वासीका लागि नमूना आवास निर्माण थालिएको छ । सुकुम्वासी तथा विपन्न परिवार पहिचान गरि विराटनगर–५ शंकरबारीमा रहेको दुई बिघा जमिनमा नमूना आवास गृह निर्माण थालिएको हो ।

संघीय सरकार र विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा घर निर्माण गरेर महानगरपालिका भित्रका दुईवडामा रहेका सुकुम्वासीका लागि आवास व्यवस्थापन मिलाइने भएको छ ।

तराई–मधेश समृद्धि कार्यक्रम अन्तर्गतको बजेटमार्फत निर्माण गरिने नमूना आवासको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सोमबार शिलन्यास गरेका थिए ।

नेपाल सरकारको २ करोड, विराटनगर महानगरको २ करोड, ह्यावीटेट नेपालको १ करोड ५० लाखको सहयोगमा घर निर्माण हुनेछन् । यसैगरी उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले समेत २० वटा घर बनाउने प्रतिवद्धता जाहेर गरेका छन् ।

कार्यक्रममा मन्त्री पण्डितले सरकार कानुन निर्माण गर्दै लोककल्याणकारी राज्य स्थापना गर्नेतर्फ अग्रसर भईरहेको दावी गरेका थिए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगर क्षेत्रमा रहेका सुकुम्वासी तथा अतिविपन्नको पहिचान गरेर आवास निर्माणको काम पाँचवर्ष भित्रैमा गरिने दावी गरेका छन् ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved