प्रादेशिक महिला सम्मेलन सुरु

  • प्रकाशित मितिः फाल्गुन, 21, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / नीति निर्माणको तहमा महिलाको हिस्सा बढ्दै गएकोले कानुनमा तोकिएका अधिकार कार्यन्वयन गराउन खबरदारी गरिनुपर्ने महिला अगुवाहरुले बताएका छन् ।

विराटनगरमा मंगलबारदेखि सुरु भएको प्रादेशिक महिला सम्मेलनमा महिला अगुवाहरुले कानुनले अधिकार दिएको तर कार्यन्वयनमा समस्या देखिएको बताएका छन् ।

प्रदेश १ सरकारले महिलाको सवाल पहिचान गरि लैंगिक नीति तर्जुमा गर्नका लागि आयोजना गरेको दुईदिने प्रादेशिक महिला सम्मेलनमा अधिकारसहित नेतृत्वमा पुगेका महिलाहरुले कानुनले तोके बमोजिमको अधिकार कार्यन्वयनमा जोड दिनुपर्ने तर्क गरिएको छ ।

महिला शसक्तिकरणका लागि लक्षित योजना निर्माण गर्ने उद्देश्यसहित १०९ औं अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर आयोजित प्रादेशिक महिला सम्मेलन प्रदेश १ का सभामुख प्रदिप भण्डारीले उद्घाटन गरेका छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सभामुख भण्डारीले समृद्ध मुलुकका लागि महिला सहभागिता बढाउनु जरुरी रहेको बताएका छन् ।

यसैगरी उपसभामुख सरस्वती पोखरेलले स्थानीय तहमा महिला नेतृत्व सुनिश्चित गरिएझैं प्रदेश र संघीय सरकार गठनमा समेत सुनिश्चित गर्ने कानुनी प्रावधान खोज्नुपर्ने बताएकी छिन् ।

सम्मेलनले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि महिलाहरुको सहभागिता, न्यायसम्पादनमा देखिएका समस्या र महिलालाई मुलप्रवाहीकरणको आधार तयार गर्ने विषयमा छलफल गरि निष्कर्ष निकाल्ने बताइएको छ । सम्मेलनमा निस्किएको सम्मेलनको निष्कर्षका आधारमा प्रदेश सरकारले महिलामैत्री नीति बनाउने दावी गरिएको छ ।

सम्मेलनमा प्रदेशसभामा महिला सदस्य, स्थानीय तहका महिला प्रमुख तथा उपप्रमुख, कार्यपालिका महिला सदस्य, जिल्ला समन्वय समितिका उपप्रमुख महिला, महिला अधिकारकर्मी, महिला मानव अधिकार रक्षक, महिला सञ्चारकर्मी, प्राध्यापक, शिक्षक तथा कानुन व्यवसायी, बुद्धिजीविको सहभागिता रहको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बरालले जानकारी दिइन्् ।

सम्मेलनमा संघीय प्रतिनिधिसभा उपसभामुख डा.शिवमाया तुम्बाहाम्फे र प्रदेशसभा उपसभामुख सरस्वती पोखरेलले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रदेश १ मा ४५ लाख जनसंख्यामध्ये २३ लाख ६८ हजार ४०७ महिलाको संख्या रहेको छ । सम्मेलनमा नेतृत्वदायी भूमिकामा रहेर काम गरिरहेका पाँचसय महिलाको सहभागिता रहेको जानकारी दिइएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved