मोरङमै हुन्छ अफिम खेती

  • प्रकाशित मितिः फाल्गुन, 20, 2075
  • पहिलो किताब संवाददाता

मोरङ / मोरङमा व्यवसायीक रुपमा अवैध लागु औषध अफिम खेती हुने गरेको छ । घर आँगनमै फुलको रुपमा रोपिने ‘पप्पी’ लाई खेतबारीमा व्यवसायिक रुपमा रोपेर अफिम उत्पादन हुने गरेको हो ।

जिल्लाको ग्रामिण क्षेत्रमा अफिम खेति गर्ने र उत्पादन भएको अफिम बिक्री हुने गरेको सूचनाका आधारमा मोरङ प्रहरीले तीनजनालाई नियन्त्रणमा समेत लिएको छ ।

प्रहरीले लामो समयसम्मको निगरानीबाट पथरी शनिश्चरे नगरापलिका–५ का चमरु भन्ने चन्द्रप्रसाद गन्गाँई, सुनवर्षी नगरपालिका–२ का बज्रु गनगाँई र सुवनलाल बासुदेव गनगाँईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका उनीहरुले व्यवसायिक रुपमा अफिम खेती गर्ने गरेको खुलेको हो ।

प्रहरी नियन्त्रणमा रहेका पथरी शनिश्चरेका चमरुले ७ धुर जमिनमा एकहजार ४४७ बोट, सुनवर्षीका बासुले एक कठ्ठामा लगाएको एक हजार ३३० बोट र बज्रुले चार धुर जमिनमा लगाएको २५७ बोट अफिम नष्ट समेत गरेको छ ।

उनीहरुलाई नियन्त्रणमा लिएर लागु औषध (नियन्त्रण) ऐन २०३ बमोजिम अवैध अफिम खेती अन्तर्गत म्याद थप गरि अनुसन्धान भईरहेको मोरङ प्रहरीका उपरीक्षक मनोज केसीले जानकारी दिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved