प्रादेशिक महिला सम्मेलन विराटनगरमा हुँदै

  • प्रकाशित मितिः फाल्गुन, 20, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / महिलाको सवाल पहिचान गरि लैंगिक नीति तर्जुमा गर्नका लागि प्रदेश १ सरकारले प्रादेशिक महिला सम्मेलन आयोजना गर्ने भएको छ । महिला शसक्तिकरणका लागि लक्षित योजना निर्माण गर्ने उद्देश्यसहित १०९ औं अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा प्रादेशिक महिला सम्मेलन हुने भएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयले आयोजना गर्ने सम्मेलनको मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुहुने सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बरालले जानकारी दिइन् ।

विराटनगरमा फागुन २१ र २२ गते प्रदेशभरका अगुवा महिलाहरुको उपस्थितिमा हुने सम्मेलनले आगामी नीति तर्जुमा गर्ने दावी गरिएको छ । सम्मेलनका बारेमा जानकारी दिन आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रदेशका पाँचसय महिला नेतृत्वकर्ताहरुको सहभागिता कार्यक्रममा रहने बताइएको छ ।

सम्मेलनले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि महिलाहरुको सहभागिता, न्यायसम्पादनमा देखिएका समस्या र महिलालाई मुलप्रवाहीकरणका लागि प्रदेश सरकारको नीतिका बारेमा छलफल गरिने जानकारी दिइएको छ ।

सम्मेलनमा प्रदेशसभामा महिला सदस्य, स्थानीय तहका महिला प्रमुख तथा उपप्रमुख, कार्यपालिका महिला सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख महिला, महिला अधिकारकर्मी, महिला मानव अधिकार रक्षक, महिला सञ्चारकर्मी, प्राध्यापक, शिक्षक तथा कानुन व्यवसायी, बुद्धिजीविको सहभागिता रहने प्रमुख बरालले जानकारी दिइन् ।

प्रादेशिक महिला सम्मेलनमा संघीय प्रतिनिधिसभा उपसभामुख र प्रदेशसभा उपसभामुखले आफ्नो कार्यपत्र प्रस्तुति गर्नुहुने कार्यक्रम राखिएको छ । उपसभामुखद्वयले प्रादेशिक महिला नीति कस्तो बनाउनु पर्दछ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेपछि त्यस विषयमा छलफल गरेर नीति तर्जुमा गरिने बताइएको छ ।

प्रदेश १ मा ४५ लाख जनसंख्यामध्ये २३ लाख ६८ हजार ४०७ महिलाको संख्या रहेको छ । सम्मेलनमा नेतृत्वदायी भूमिकामा रहेर काम गरिरहेका पाँचसय महिलाको सहभागिता गराउने तयारी गरिएको छ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved