मृतक छोराको बिल तिर्न नसक्दा अस्पतालमै बन्धक भए चन्द्रवंशी दम्पत्ती

  • प्रकाशित मितिः फाल्गुन, 17, 2075
  • पहिलो किताब संवाददाता

सुनसरी / उपचार खर्च नबुझाएको भन्दै विराटनगरको एक अस्पतालले बराहक्षेत्रकी एक सुत्केरीलाई अस्पतालमा बन्धक बनाएको खुलेको छ । विराटनगरको म्याक्स इन्टरनेशनल अस्पतालले चार दिनकी सुत्केरी महिलालाई अस्पतालमै बन्धक बनाएको हो ।

सुनसरी बराहक्षेत्र नगरपालिका– ९ प्रकाशपुरबाट चार दिनको शिशुको उपचारका लागि आएका सूर्जा चन्द्रवंशी र उनकी श्रीमती वुद्धि चन्द्रवंशीलाई बाहिर जान नदिई अस्पतालमै रोकेर राखिएको हो । सोमबार उपचारका लागि भर्ना गरिएको शिशुको बिहीबार बिहान मृत्यु भएको थियो ।

शिशुको उपचार गर्दा ७३ हजार रुपैयाको बिल उठेको थियो । उपचारमा लागेको खर्च तिर्न नसक्दा अस्पतालले चन्द्रवंशी दप्पत्तीलाई घर जान नदिई बन्धक बनाएर राखेको हो । सोमबार इनरुवा अस्पतालमा जन्मिएको बच्चाको टाउकोमा समस्या देखिएपछि उपचारका लागि म्याक्स अस्पतालमा भर्ना गरिएको थियो ।

चार दिनको अस्पतालको बिल ७३ हजार ९ सय ५० मध्ये चन्द्रवंशी परिवारले ४५ हजार रुपैयाँ अस्पताललाई बुझाएको छ । थप २८ हजार तिर्न नसक्दा चन्द्रवंशीलाई रोकेर राखेको हो ।

अस्पताल प्रशासनलाई पटक पटक आग्रह गर्दा पनि जान नदिएको उनीहरुको गुनासो छ । ५० हजार रुपैया लिएर छोरोको उपचारकालागि आएका सूर्जालाई २८ हजार रुपैयाँ तिर्न नसकेका कारण अस्पतालले घर जान दिएको छैन । उनी अस्पताललाई तिर्नुपर्ने रकम जोहो गर्न सक्ने अवस्थामा पनि छैनन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शत्रुघन यादवले पैसा नतिरे शव लैजान नदिने बताएका छन् । उपचारका लागि आएका सबै ठिक हुन्छन् भनेर अस्पतालले ग्यारेन्टी लिन नसक्ने बताउदै उनले पूरा पैसा नतिरेसम्म जान नमिल्ने बताए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved