इटहरीमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगीता हुने

  • प्रकाशित मितिः फाल्गुन, 15, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / सुनसरीको इटहरीमा प्रथम प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगीता हुने भएको छ । श्री पाथीभरा तेक्वान्दो डोजांगको आयोजनामा यहि फागुन १७ र १८ गते तेक्वान्दो प्रतियोगीता हुने भएको हो ।

हलगडा स्थित बेविलोन स्कुलको प्रांगणमा हुने प्रतियोतिमा ताप्लेजुंग, इलाम, झापा, मोरंग, सुनसरी, उदयपुर, सोलुखुम्बु, खोटांग, धनकुटा र बिभागिय टिम गरि जम्मा ११ वटा टिमको सहभागीता रहने आयोजकले बताएको छ ।

पुरुष तर्फ २२ केजि देखि ८० केजि सम्म र महिला तर्फ ३३ केजि देखि ५६ केजि सम्मको १७ वटा तौल समुहको सहभागीता रहने छ ।

दुई दिन सम्म चल्ने प्रतियोगितामा खेलाडीहरुलाई खाना, बस्नका लागी राम्रो व्यवस्था सहित प्रत्यक तौल समुहमा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्नेलाई मेडल तथा प्रमाण पत्र, सहभागी टिम प्रथम, दोश्रो र तेश्रोलाई सिल्ड तथा प्रमाण पत्र बितरण गरिने आयोजकले जनाएको छ । त्यसैगरि उत्कृष्ट पुरुष १ र महिला १ जनालाई नगद सहित प्रमाण पत्र,साथै नगद पुरस्कार बितरण गरिने छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved