विप्लवका पाँच कार्यकर्ता इलामबाट पक्राउ

  • प्रकाशित मितिः फाल्गुन, 15, 2075
  • पहिलो किताब संवाददाता

मङ्गलबारे / इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङको छायाँदेवी माविबाट प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला कमिटी इलामका सदस्य विमल बस्नेत, भोेजपुरका अमृत मगर, धनकुटाका विक्रम राई, झापाका बाबा लिम्बू र ताप्लेजुङका केबी लिम्बू छन् ।

मङ्गलबार शहीद परिवारलाई सम्मान गर्न भन्दै विद्यालयको खेलमैदानमा चन्द समूहले आयोजना गरेको एक कार्यक्रमबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

केही दिनयता विभिन्न ठाउँमा भएका विष्फोटको जिम्मा चन्द नेतृत्वको पार्टीले लिएसँगै प्रहरीले उनीहरूमाथि निगरानी बढाएको उनले बताए ।

पक्राउ परेका उनीहरूमाथि प्रहरीले सार्वजनिक शान्ति सुरक्षाविरूद्धको कसुरमा मुद्दा दायर गर्ने उपरीक्षक श्रेष्ठले बताए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved