पूर्वमा मौलाए सुपारी तस्कर : टनमा आयात केजीमा चोरि निकासी

  • प्रकाशित मितिः फाल्गुन, 5, 2075
  • नवराज कट्टेल

विराटनगर / पूर्व क्षेत्रबाट फेरी सुपारीको तस्करी लाइन सुचारु भएको छ । जिल्लामा शान्ति सुरक्षा कायम भएको देखिएपनि भित्रभित्रै सुपारी तस्करीको लाइन भने चलिरहेको छ ।

तस्करले मोरङको सीमा क्षेत्रमा सुपारीको गोदाम राखेर सर्वसाधारणलाई प्रयोगमा ल्याउँदै लाइन सूचारु गरेका हुन् । यो सूचना प्रहरीमा छ । तर, प्रहरीको समेत भित्री साँठगाँठमा सुपारी तस्करी हुने गरेको दावी गरिन्छ ।

टनका टन आयात भएको सुपारी र मरिच अहिले सीमा क्षेत्रबाट व्यक्तिले केजीमा सीमा कटाईरहेका छन् । प्रहरीले तस्करी रोकिएको देखाउन सातामा दुईजना सर्वसाधारणलाई नियन्त्रणमा लिने गरेको छ । तर, त्यो देखाउन मात्रै हुने गरेको छ । सुपारी तस्करीको लाइन झापादेखि मोरङसम्मका कारोबारीमार्फत चलिरहेको दावी गरिन्छ । त्यसमा राजनीतिक नेतृत्वको समेत सहभागिता रहेकोले प्रहरीको सक्रियता लुकाइएको छ ।

भित्री सूचना ल्याउन मोरङ प्रहरीले सादा पोशाकमा खटाउँदै आएका प्रहरीले अहिले कसैसँग पनि सम्पर्क गर्न नपाउने नियम लगाइएको छ । सादा पोशाकमा खटिएका प्रहरीले सूचना लिक गर्नसक्ने आशंकामा उनीहरुको नम्बर सिधा ट्रेसमा राखिएको दावी गरिन्छ ।

प्रहरीका उच्च अधिकारीको समेत संलग्नतामा सुपारी तस्करी लाइन खुलेका कारण सूचनालाई गुपचुप पार्न यसो गरिएको हो ।

झापामा सुपारीको कारोबार गर्दै आएका दिपक पोखरेलदेखि उर्लावारीका ललित अधिकारी र विराटनगरका हेमराम दुगडसम्मको लाइन एउटै खोलेर रंगेलीको सीमा क्षेत्र, कर्सियाको सीमा क्षेत्र र विराटनगरको सीमा क्षेत्रमा सुपारीको गोदाम राखिएको दावी गरिएको छ ।

गोदाममा राखिएको सुपारी दाउ पारेर सीमा कटाउनका लागि मालवहाक सवारी समेत प्रयोगमा ल्याउने र प्रायः सीमा क्षेत्रका सर्वसाधारणलाई प्रयोग गरेर कटाउने गरिएको दावी गरिन्छ ।

भन्सार छलेर १५ किलोग्राम सुपारी भारततर्फ लैजाँदै गरेका चारजना विराटनगर–१७ मटेरुवा नाकाबाट शुक्रबार साँझ प्रहरीले नियन्त्रणमा समेत लिएको छ । मटेरुवा नाकाबाट सुपारी भारततर्फ लैजादैं गरेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका चारैजना महिला छन् । स्थानीय ५५ वर्षिया कान्ति रमात, ५० की महिमुन खातुन, २६ की रसिदा खातुन र २७ की जरिना खातुनलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता घनश्याम श्रेष्ठको भनाई छ । श्रेष्ठले नेपालमै गोदाम गरिएको सुपारी सर्वसाधारणलाई प्रयोग गरेर सीमा कटाउने गरेको स्वीकार गरेका छन् ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved