गोकुलमलाई ‘स्वर्गको एक टुक्रा’ बनाईने

  • प्रकाशित मितिः फाल्गुन, 1, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / मोरङको सुन्दरहरैचा ४ चरिगुवामा रहेको गोकुलम रिर्साटले आकर्षक सेवा, सुविधाहरु थप गर्न भएको छ। रिर्साटले बुधबार पत्रकार सम्मेलन गरेर यस बिषयमा जानकारी दिएको हो ।

रिसोर्टमा मोरङ्गको सुन्दरहरैँचा स्थित बिराटचौकका रमेश कार्की पनि शेयर किनेर प्रवेश गर्दै रिसोर्टलाई अझ मनोरम बनाउँदै थप सेवा सुबिधा थप्ने भएका हुन । रिर्साेटको हालसम्म ३०करोड लगानी रहेको सञ्चालकले जानकारी दिँदै अव थप १०करोड रुपैँया बराबरको लगानी गरिने जनाईएको छ ।

बार्षिक ३ लाख जना भन्दा बढि आन्तरीक एवं बाह्य पर्यटक घुम्नका लागि गोकुलम पुग्ने गरेको जानकारी दिँदै रिर्साेटका सँस्थापक राधेश्याम पौडेलले, रमेश कार्कीको पार्टनरसिपमा ‘गोकुलमलाई स्वर्गको एक टुक्रा’ बनाईने उद्घोष गरे । पार्टनरसिपमा आफ्नो भिजन एवं लक्ष्यलाई निरन्तरता दिने पौडेलले बताए ।

गोकुलममा अव पानिजहाज आकारको दुईटा सिनेमा हल, बैज्ञानिक एवं आधुनिक चिल्ड्रेन पार्क, गार्डेन, मोनोरेल, ब्रिटिस गोर्खा स्मृतिपार्क निर्माण, मूर्ति कला, फोटो ग्राफि स्टुडियो, ट्रि हाउस, कफिहाउस लगायतका २४ घण्टे सेवा तथा पुर्वाधार निर्माण गरिने पौडेलले बताए ।

साढे पाँच बिगाहा क्षेत्रफलमा फैलिएको गोकुलममा संसारका सातौँ आश्चर्यका प्रतिमा ताजमहल, आइफल टावर निर्माण सकिएको छ भने बाँकि पाँचवटाको चाँडै निर्माण थालिने सञ्चालकले जनाएका छन् ।

मिनि धरहरा, बिभिन्न बिश्वप्रसिद्ध ल्याण्डमार्कहरुका नमूना, चेस, पञ्जालगायतका बिभिन्न आकृती निर्माण गरिएका छन् । यि आकृती र संरचनामा फोटो खिच्ने, पोखरीमा बोटिङ्ग गर्ने, रुखको फेदमा बसेर गफिनेहरु त छन् नै बोटिङ, हर्स राइडिङ, चिल्ड्रेन पार्क, होटेलमा आन्तरिक पर्यटकहरुको भिडभाड हुने गरेको छ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved