इटहरीबाट लागूऔषधसहित दुईजना पक्राउ

  • प्रकाशित मितिः फाल्गुन, 1, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / इटहरीमा लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी १२ स्थित खनारबाट सागर चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीका साथबाट प्रतिबन्धित लागूऔषध नाईट्रोजन १० ट्याब्लेट बरामद गरेको प्रहरीको भनाई छ ।

यसैगरी राती साँढे ९ बजे सोही स्थानबाट २५ बर्षीय फुर्साङ तामाङ लागूऔषधसहित पक्राउ परेका छन् । निजको साथबाट प्रहरीले १४ ट्याब्लेट फेनारागन, १७ ट्याब्लेट लुपीजेसीक र १६ ट्याब्लेट डाईजेपाम बरामद गरेको प्रहरीको भनाई छ ।

लागूऔषधसहित पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved