सुनसरीको बराहक्षेत्रमा खोले पकाउदा आगलागी

  • प्रकाशित मितिः फाल्गुन, 1, 2075
  • दिपक पुरी

सुनसरी / सुनसरीको बराहक्षेत्र ३ बिचपानीमा रहेको शिबनारायण श्रेष्ठको टिनको छाना भएको बांसको टाटिको गाई गोठमा खोले पकाउने क्रममा मंगलबार बेलुका अचानक लागेको आगलागीबाट ६ लाख ५० हजार नष्टभएको छ ।

आगलागीबाट गाईगोठ, पराल, काठ जलेर नष्टभएको छ । उक्त आगलागीबाट शिबनारायणको १ लाख ५० हजार नोक्सान भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट छिमेकीको घर समेत जलेर नष्ट भएको छ । छिमेकी गणेश बहादुर कार्कीको टिनको छानो, सेन्ट्री बेरा भएको १ तले टिनको घर तथा सो घर भित्र रहेको अन्नपात, लता कपडा, भांडाबर्तन जलेर नष्ट भएको हो ।

आगो नियन्त्रण गर्ने क्रममा शिबनारायण श्रेष्ठको श्रीमतीको बांया पाखुरामा आगोले सामान्य पोलि घाईते भएको र उनलाई स्थानिय अस्पतालमा उपचारगरि घर फर्किएको छन भने उक्त आगलागी नियन्त्रण लिनको लागि दमकल, स्थानिय र प्रहरीको प्रयासमा करिब १ घन्टमा पुर्ण नियन्त्रणमा लिएको हो ।

घर जलेर पुर्ण रूपमा नष्ट भएको प्रहरीले बताएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved