आक्रामक बन्दैछन् प्रधानन्याधिश, सुन तस्करको मुद्दामा उच्च अदालतका थप २ न्यायाधीश छानविनमा तानिए

  • प्रकाशित मितिः माघ, 29, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / सुन तस्करीको मुद्दामा अदालतबाट भएका फैसलामा त्रुटि गरेको अभियोगमा विराटनगर उच्च अदालतका थप २ न्यायाधीशलाई छानविनका लागि न्यायपरिषद् सचिवालयमा तानिएका छन्।

सुन तस्करीमा संलग्न उर्लावारीका चुणामणि उप्रेती गोरे गिरोह र भरिया सनम शाक्यको हत्याका विषयमा चलिरहेको मुद्दामा फैसला गर्ने क्रममा त्रुटि गरेको देखिएपछि अनुशन्धानका लागि उच्च अदालत विराटनगरका थप दुई न्याधिशलाई न्यायपरिषदमा तानिएको हो ।

शाक्यको हत्यापछि सरकारले बनाएको छानविन समितिको प्रतिवेदनमा उल्लेख भएको ३८ सय किलो सुन तस्करीको अभियोग लागेकाको न्यायलयमा चलिरहेको मुद्दामा अभियुक्त मानिएकालाई जिल्ला अदालत मोरङको आदेश विपरीत धरौटी र साधारण तारेखमा रिहा गर्न आदेश दिँदा न्यायिक मर्यादा पालन नगरेको र त्रुटि गरेको भन्दै न्यायाधीशलाई न्यायपरिषद् सचिवालयमा तानिएको हो।

पछिल्लो पटक सचिवालयमा तानिएकामा उच्च अदालत विराटनगरका न्यायाधिश जनक पाण्डे र साधुराम सापकोटा रहेका छन् । केहि समय अघि सोहि मुद्दाको विषयलाई लिएर ५ न्यायाधीशलाई छानविनका लागि न्यायपरिषद् सचिवालयमा तानिएको थियो। उच्च अदालत विराटनगरका न्यायाधीशहरु सारङ्गा सुवेदी, नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, उमेशराज पौडेल र उमेशकुमार सिंह छानविनका लागि न्यायपरिषदमा तानिएका थिए ।

न्यायालयमा भ्रष्टाचार मौलाएको भन्दै सर्वत्र आलोचना हुन थालेको समयमा प्रधानन्यायाधिश बनेका चोलेन्द्र शमशेर जवराको पहलमा न्यायालयमा हुन थालेका काममाथि निगरानी र कारवाही सुरु भएको हो ।

यसरी एउटै अदालतबाट ७ न्यायाधीशमाथि छानबिन हुनु नेपालको न्यायालयको इतिहासमै पहिलो घटना समेत बनेको छ । न्यायपरिषद्‍मा तानिएका न्यायाधीशहरुमाथि अहिले विस्तृत छानबिन चलिरहेको छ। प्रधानन्यायाधीश न्यायपरिषद्को अध्यक्ष रहने कानुनी व्यवस्था रहेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved