पानीको खाल्डोमा डुबेर सुनसरीमा एक बालिकाको मृत्यु

  • प्रकाशित मितिः माघ, 29, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / पानीको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । सुनसरीको ईनरुवा नगरपालिका–३ कंशमोडामा पानीको खाल्डोमा डुबेर १८ महिने बालिकाको मृत्यु भएको हो ।

घर नजिकै खेल्ने क्रममा कलको पानी जमेको खाल्डोमा डुबेर सोही स्थान बस्ने रामदेव मेहेताको १८ महिनाको छोरी कृति मेहेताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बालिकाको शव परिक्षणको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved