धारिलो हतियार प्रहार गरी सुनसरीमा ८४ बर्षिय बृद्धको हत्या

  • प्रकाशित मितिः माघ, 29, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / धारिलो हतियार प्रहार गरी सुनसरीको झुम्कामा एक बृद्धको हत्या भएको छ । रामधुनी नगरपालिका १ स्थित शिव चौक स्थायी बसोबास गर्दै आएका ८४ बर्षिय नरबहादुर क्षेत्रीको शव उनकै घरमा फेला परेको हो ।

उनको धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत अध्ययन गर्नका लागी घटनास्थलमा कुकुर समेत प्रयोग गरिएको छ । बृद्धको शव परिक्षणका लागी अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved