इटहरीमा छुरा प्रहार गरी महिलाको हत्या

  • प्रकाशित मितिः माघ, 29, 2075
  • पहिलो किताब संवाददाता

इनरुवा / सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ ।

डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेका हुन् ।

हत्या गर्ने राई इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । राई विवाहित हुन् । उनका श्रीमान् विदेशमा छन् । हत्याबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि चौलागाँईले बताए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved