बोहराले नक्कली स्टिकर टाँसेर गुट्का बेचेको आशंका, राजश्वले मा¥यो छापा

  • प्रकाशित मितिः माघ, 28, 2075
  • नवराज कट्टेल

विराटनगर / गुट्कामा नक्कली स्टिकर टाँस गरेर बिक्री गरि राजश्व चुवाहट गरेको आशंकामा विराटनगरका व्यापारी किशन बोहराको जयभोले बाबा डिलरमा राजश्वले छापा मारेको छ । 

राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीले छापा मारेर कागजात नियन्त्रण गरेको हो । अवैध कारोबार गरेको आशंका गर्दै राजश्वले बोहराको डिलरबाट पाँच बोरा कागजात नियन्त्रणमा लिएको छ । विराटनगर–५ बरगाछीमा रहेको भोलेबाबा ट्रेडर्सबाटै नक्कली स्टिकर टाँस गरेर गुट्का बिक्री गर्ने गरेको खुलेको छ ।

उत्पादित वस्तु बिक्री मात्रै गर्ने डिलरबाट नक्कली स्टिकर टाँस गरेर उस्तै बस्तु बजारमा पठाएको आरोप लगाइएको छ । राजश्व अनुसन्धान कार्यालयले वस्तुको खरिद बिक्री खातासहित कारोबारमा संलग्न हुनुपर्ने सबै खाता जफत गरेर अनुसन्धान थालेको कार्यालयका प्रमुख बेदप्रसाद फुयाँलले जानकारी दिए ।

भोला गुड्का र करेन्ट तयारी चाउँचाउको कारोबार गर्दै आएको डिलरमै नक्कली स्टिकर टाँस गरेर त्यस्तै वस्तु बजारमा गएको सूचना रहेको दावी गरिएको छ । तर, भोलेबाबा ट्रेडर्सका सञ्चालक बोहराले भने राजश्वले आफ्नो काम गर्ने अधिकार राखेपनि अनावश्यक आशंकामा छापा मार्नु गलत रहेको बताए । उनले कारोबारमा हुने सामान्य समस्या भए करेन्सन गराउनु पर्नेमा अपराधीलाई जस्तो छापा मारेर कागजात नियन्त्रणमा लिनु गलत रहेको प्रतिक्रिया दिए ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved