सरस्वती पुजालाई लक्षित गरेर गोकुलममा सरस्वती मन्दिर स्थापना

  • प्रकाशित मितिः माघ, 26, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / मोरङ्गको सुन्दरहरैँचास्थित गोकुलममा सरस्वतीको मन्दिर स्थापना गरिएको छ । नजिकिँदो सरस्वती पुजालाई लक्षित गरेर सरस्वतीको मन्दिर स्थापना गरिएको हो ।
गोकुलममा घुम्न जाने पर्यटकहरुको लागि लक्षित गरेर सरस्वतीको मन्दिर स्थापना गरेको जानकारी दिँदै गोकुलम रिसोर्टका सञ्चालक राधेश्याम पौडेलले अरु समयमा पनि सरस्वतीको मुर्ति राखिने बताए ।

सरस्वती पुजालाई भब्य बनाउन सरस्वतीको मन्दिर स्थापना गरेको जनाउँदै सञ्चालक पौडेलले अरुदिन रिसोर्ट ८ बजे खुल्ने गरेको भएपनि सरस्वती पुजाको दिन बिहान पाँचैबजे रिसोर्ट खुल्ने बताए ।

सरस्वती पुजाको दिन स्कुल कलेज पढ्ने बिद्यार्थी घुम्न रुचाउने हुँदा पुजा पनि गरुन रिसोर्ट पनि घुमुन भनेर सरस्वतीको मन्दिर स्थापना गरिएको जनाईएको छ ।

दैनिक ३ हजारको हाराहारीमा पर्यटक आईरहेको गोकुलम रिसोर्टमा साढे पाँच बिघा क्षेत्रफलमा फैलिएको छ । पछिल्लो समयमा भारतका पर्यटकहरु समेत गोकुलम रिसोट नै छानेर घुम्न आउन थालेका छन् ।

मिनि धरहरा, ताजमहल, आइफेल टावरलगायत बिभिन्न बिश्वप्रसिद्ध ल्याण्डमार्कहरुका नमूना, चेस, पञ्जालगायतका बिभिन्न आकृती निर्माण गरिएका छन । यि आकृती र संरचनामा फोटो खिच्ने, पोखरीमा बोटिङ्ग गर्ने, रुखको फेदमा बसेर गफिनेहरु त छन् नै बोटिङ, हर्स राइडिङ, चिल्ड्रेन पार्क, होटेलमा आन्तरिक पर्यटकहरुको भिडभाड हुने गरेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved