सतप्रतिशत जनसहभागिताका कारण इटहरीमा बन्यो २४ दिनमै सडक

  • प्रकाशित मितिः माघ, 26, 2075
  • पहिलो किताब संवाददाता

सुनसरी / सुनसरीको इटहरी ४ श्रमिकमार्गमा सतप्रतिशत जनसहभागितामा २४ दिनमै सडक निर्माण भएको छ । ४सय ३१ मिटर लामो इण्टरलकिङ ब्लक लगाएर निर्माण गरिएको सडकको इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले उदघाटन गरे ।

इटहरी ४ का वडाध्यक्ष चन्द्र भट्टराईका अनुसार नगरपालिकाको १५ लाख अनुदानमा स्थानीय उपभोक्ताको १४ लाख ८२ हजार लागत सहभागितामा सडक निर्माण गरिएको हो ।

पुष २० गते देखि निर्माण थालिएको सडक माघ १४ गते निर्माण सम्पन्न गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष विश्वेश्वर शर्मा पोखे्रलले बताए ।

आधारभूत वस्तिमा ५० प्रतिशत लागत सहभागिता जुटाएर वाटो निर्माण गरेकोमा मेयर चौधरीले टोलवासीलाई धन्यवाद ज्ञापन गरे ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved