बूढासुब्बा गोल्डकप शनिबारदेखि शुरु

  • प्रकाशित मितिः माघ, 25, 2075
  • पहिलो किताब संवाददाता

धरान / मोफसलको उत्कृष्ट फुटबल प्रतियोगिता बूढासुब्बा रेडबुल गोल्डकपको २१औँ संस्करण शनिबारदेखि धरान–१६ स्थित क्षेत्रीय रङ्गशालामा शुरु हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए।

रङ्गशालाको भौतिक पूर्वाधार पूरा गरी सिङ्गारिएको छ । गत साउन पहिलो साता नै मैदानमा घाँस रोपिएको थियो । उक्त घाँसमा अहिले पानी लगाएर हरियो बनाइएको छ । जिल्ला खेलकूद विकास समितिले चालु आर्थिक वर्षको खेलकूदको बजेटबाट रु पाँच लाख ५० हजार लगानी गरेर घाँस रोपेको हो ।

माघ २६ गतेदेखि फागुन ४ गतेसम्म प्रतियोगिता आयोजना हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का मानार्थ उपाध्यक्षसमेत रहनुभएका राईले विदेशी टिम ल्याउन एन्फाले पहल नगरेकामा भने गुनासो गरेकाछन् । “विदेशी उत्कृष्ट टिम ल्याउन एन्फालाई अनुनय विनय गरेँ तर सफल भइएन, एन्फाले बेवास्ता ग¥यो”, उनले भने, “२२औँ संस्करण रात्रि समयमा अन्तर्राष्ट्रिय ‘ए’ ‘लेभल’का टिम ल्याएर प्रतियोगिता गराउँछौँ ।”

क्लबका महासचिव प्रताप तामाङका अनुसार उत्तर र पूर्वतर्फ पक्की प्यारापिट बनिसकेको छ । ती प्यारापिटमा करीब पाँच हजार दर्शक अटाउँछन् । पश्चिमतर्फ भने दुई सय र एक सय फिटको प्यारापिट बनेको छ, जसमा दुई हजार थप दर्शक अट्नेछन् । पश्चिमतर्पm नै पाँच सय क्षमताको ‘भिआइपी’ प्यारापिट तयार भइसकेको छ ।

यो वर्षको प्रतियोगितामा लिग च्याम्पियन मनाङमस्र्याङ्दी क्लब, पुलिस क्लब, सङ्कटा, सहार क्लब पोखरा, धरान फुटबल क्लब, मेची नेत्रालय झापा, डाल्पीनास क्यामारुप, भूटान, डालहाउस, एथेलेटिक कोलकता मैदानमा आउने आयोजकले जनाएको छ । थ्रीस्टार क्लब र आर्मी क्लब भूटानमा भइरहेको प्रतियोगितामा रहेका कारण सहभागिता जनाउन नसकेको आयोजक क्लबका अध्यक्ष राईले बताए। करीब रु ७० लाख खर्च अनुमान गरिएको प्रतियोगिताको विजेताले रु आठ लाख र उपविजेताले रु चार लाख पाउनेछन् ।

गत वर्ष थ्रीस्टार क्लब विजेता बनेको थियो । उपविजेता प्रहरी टिम बनेको थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved