खनारका श्याम सरदारको आफ्नै श्रीमतीद्धारा हत्या

  • प्रकाशित मितिः माघ, 19, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / इटहरी १३ खनार बस्ने ३५ वर्षका श्याम सरदारको आफ्नै श्रीमतीद्धारा हत्या गरेको खुलसा भएको छ । घरमा श्रीमान हुदा हुदै परपुरुष सँग सम्बध कायम राख्न सुनसरी खनारकी देवकीले आफ्नै श्रीमानको हत्या गरेकी छिन ।

लामो समय देखि ताहीर मियासंगको माया जालमा परेकी श्यामकी श्रीमती देवकीले प्रेमी सहित एक भारतीयलाई पाँच लाखको सुपारी दिएर हत्या गरीएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी शिव श्रेष्ठले बताए ।

डिएसपी श्रेष्ठले भने, मार्ने योजनामा भारतका रज्जित महतोले श्यामको हत्या गर्ने र ५ लाख सुपारी लिएको अनुसन्धानबाट खुलेको छ । घट्नामा संलग्न दुहवी ९ का महोमद जावीर हुसेन, महोमद ताहिर मिया र मृतकका श्रीमती देवकीलाई पक्राउ गरेको छ । महतो भने फरार रहेको बताए ।

चारै जना अभियुक्तहरु ताहीरको काठ मिल लगायतका स्थानहरुमा संगै बसी पटक पटक मार्ने योजना बनाएको, जावीर र रञ्जितले मार्न पटक पटक पिछा गरेको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ ।

चर्चित हत्याकाण्डहरूको रहस्य खोतल्न किन असक्षम प्रहरी

वर्षेनी फेरिने प्रहरी अधिकृृतहरूले पुराना फाइलतर्फ ध्यान नदिँदा चर्चित हत्याकाण्डहरू त्यसै सेलाएका छन् । दशक बित्दा पनि इटहरीका चर्चित हत्याकाण्डहरूको रहस्य खोतल्न प्रहरी असक्षम बनिरहेको छ ।

आफू इटहरी आएसँगै पुराना घटनाको फाइल खोज्ने काम शुरु भएको र पुराना घटनाहरु खोज्न समिति नै तयार गरेर अगाडि बढेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिव श्रेष्ठले बताउँछन् । ‘ठूला घटनासँगै थाती रहेका मुद्दाहरुको विषयमा अनुसन्धान गर्छु’ उनी भन्छन् ।

इटहरीका ठूला मुद्दालाई समेत फाइल खोजेर अनुसन्धान गर्ने तयारी गरेको डिएसपी श्रेष्ठ बताउँछन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved