अपडेट : पहिलो हाफमा आर्मीले लियो अग्रता

  • प्रकाशित मितिः माघ, 19, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / सुनसरीको इटहरीमा जारी मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको पहिलो हाफको खेलमा त्रिभुवन आर्मी क्लबले १–० को अग्रता लिएको छ । खेल सुरु भएको छैटौँ मिनेटमा टंक बस्नेतले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका हुन् ।

त्यस्तै, नवौँ मिनेटमा मनाङले खेल बराबरी गर्ने एक उत्कृष्ट अवसर गुमाएको छ । मनाङका सुजल श्रेष्ठले प्रहार गरेको फ्रिकिक आर्मीका गोल रक्षकले गोलमा परिणत हुन दिएनन् । खेलको चौबिसौँ मिनेटमा मनाङका ओलाओले पनि गोल गर्ने प्रयास गरेका थिए तर उनी सफल हुन सकेनन् ।

गोल्डकपको फाइनल खेल प्रतिस्पर्धात्मक एवम् रोमान्चक हुँदै गइरहेको छ । खेल हेर्नका लागी इटहरी रङ्गशालामा दर्शकको उल्लेख्य सहभागिता रहेको छ । अब केही बेरमै दोस्रो हाफको खेल सुरु हुनेछ ।

आर्मी पहिलो सेमिफाइनलमा काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाइ ४–१ गोल अन्तरले स्तब्ध पार्दै फाइनलमा पुगेको हो । विभागीय टिम पुलिसलाई १–० को गोल अन्तरले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो ।

प्रतियोगितको विजेता टिमले १६ लाख प्राप्त गर्ने छ भने दोस्रो हुनेले ८ लाख प्राप्त गर्ने छ । यस्तै प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडी र सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई जनही ३० हजार रुपैयाँ प्रदान गरिने छ । सर्वोत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २० हजार रुपैयाँ प्रदान गरिने छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved