इटहरी गोल्डकप : आज उपाधिका लागि आर्मी र मनाङ भिड्दै, कसले मार्ला बाजी

  • प्रकाशित मितिः माघ, 19, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / सुनसरीको इटहरीमा जारी मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपमा उपाधिका लागि आज आर्मी र मनाङ मर्स्याङ्दी क्लब भिड्दै छन् । खेल दिउँसो २ बजे इटहरी रंगशालामा हुनेछ ।

आर्मी भने पहिलो सेमिफाइनलमा काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाइ ४–१ गोल अन्तरले स्तब्ध पार्दै फाइनलमा पुगेको हो । विभागीय टिम पुलिसलाई १–० को गोल अन्तरले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो ।

उकृष्ट प्रर्दशन गर्दै उपाधि नजिक पुगेका दुवै टिमका कोच तथा कप्तानले उपाधि जित्ने दाबी गरेका छन् ।

यसो भन्छन कप्तान
उत्कृष्ट प्रर्दशन गर्दै उपाधी नजिक पुगेका दुवै टिमका कोच तथा कप्तानले उपाधि जित्ने दावी गरेका छन् । आर्मीका कप्तान भरत खवासले मनागं पनि उत्कृष्ठ टिम भएकाले नयाँ रणनिती बनाएर खेल्ने बताए । आफ्नो टिममा केही खेलाडी घाइते भएकाले केही अप्ठ्यारो भएपनि विपक्षी टिमलाई कम नआंक्ने बताए । मनागंका कप्तान सुजल श्रेष्ठले आफूहरुले उत्कृष्ट प्रर्दशन गर्दै उपाधि नजिक पुगेकाले नतिजा आफ्नो पक्षमा हुने दावी गरे । उनले विपक्षी टिम आमीलाई विगतमा पनि पराजित गरेकाले उच्च मनोबलका साथ मैदान उत्रने र यस पटक उपाधि जित्दै ईतिहास बनाउने दाबी गरे । 

प्रतियोगितको विजेता टिमले १६ लाख प्राप्त गर्ने छ भने दोस्रो हुनेले ८ लाख प्राप्त गर्ने छ । यस्तै प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडी र सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई जनही ३० हजार रुपैयाँ प्रदान गरिने छ । सर्वोत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २० हजार रुपैयाँ प्रदान गरिने छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved