सामाजिक कार्यमा युवाहरु (फोटो फिचर)

  • प्रकाशित मितिः माघ, 18, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / इटहरी उप-महानगरपालिका वडा नम्बर ३ स्थित श्री सिंहदेवी आधारभुत सामुदायिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई समाजसेवी युवा समुह इटहरी र अनेरास्ववियू सुनसरी जिल्ला कमिटीले संयुक्तरुपमा ट्र्याक सुट, जुत्ता, सुइटर, कापी कलम वितरण साथै रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् ।

सामाजिक सेवामा अग्रसर सुसन मोक्तान, अशिक तामाङ, विजय डुम्जन, कुमार पाख्रिन लगायत रहेको समाजसेवी युवा समुह इटहरी र अनेरास्ववियू सुनसरी जिल्ला कमिटीले विद्यार्थीलाई ट्र्याक सुट तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमको उद्घाटन माननिय प्रदेश सभा सांसद सर्वध्वज साँवाले गरेका थिए । कार्यक्रममा बोल्दै साँवाले भने, निस्वार्थरुपमा युवाहरु सामाजिक कार्यमा अघिबढेको देख्दा निक्कै खुशी लागेको र स्कुलको थप विकास गर्नका निम्ति आफूले गर्न सक्ने सहयोग सक्दो गर्ने साथै शैक्षिक गुणस्तरमा निजी विद्यालयको तुलनामा सरकारी विद्यालय पनि कम नरहेको बताए ।

हाल ७५ विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा प्रत्येक विद्यार्थीलाई एक थान ट्र्याक, एक थान जुत्ता, एक थान सुइटर र पाँच थान कापी वितरण गरिएको र बिहानको समयमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको आयोजक समाजसेवी युवा समुह इटहरीका अध्यक्ष सुसान मोक्तानले जानकारी गराए ।

यसरी सामाजिक क्षेत्र र शैक्षिक क्षेत्रमा कार्य गर्न पाउँदा निकै खुशी लागेको र भविष्यमा थप योजना सहित अन्य सामाजिक कार्य गदै जाने कार्यक्रमका संयोजक गोपाल तामाङले जानकारी दिए ।

कार्यक्रममा सर्वध्वज साँवा लगायत ज्वाला तामङ, कार्यक्रमका विशेष सहयोगी तथा कार्यक्रमका सह - संयोजक आशिक तामाङ, कापी कलम सहयोगीदाता जिवी गजल, हरि कुमार विष्ट, जित बाहदुर गोम्देन,सागर धमला, बालकृष्ण विष्ट, तुलाराम दंगाल, प्रेम दोङ, डिभि लामा, लगायतको उपस्थिति रहेको थियो ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved