धरानको बिपी प्रतिष्ठानमा कमजोर सुरक्षा : बिमारी कुरुवा लुटिए

  • प्रकाशित मितिः माघ, 17, 2075
  • पहिलो किताब संवाददाता

धरान / सुनसरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुरक्षाको जिम्मेवारी पाएको केटिएम सेक्युरिटी प्रालिको लापर्वाहीले बिमारीका कुरुवा लुटिएका छन् ।

मेडिसिन युनिट १ वार्डमा आज बिहान तीन जना बिमारीका आफन्त लुटिएका छन् । उनीहरुको चार वटा मोबाइल, एक वटा चाँदीको औँठी एउटा बाला र नगद रु चार हजार ९०० लुटिएको विर्तामोड घर भएका बिमारीका आफन्त अमृतेश ठाकुरले जानकारी दिए ।

ठाकुरले श्रीमती सम्झना ठाकुरको पित्तथैलीको शल्यक्रिया गरी युनिट १ सर्जरी वार्डमा राखेका थिए । राति चार्ज गरिरहेको बेला उनको मोबाइल हराएको थियो ।

यस्तै धरानका सनम राईको दुई वटा मोबाइल, ताप्लेजुङकी सीता इजमको दुई वटा औँठी, चुरा, झोला र रु तीन हजार ४०० नगद लुटिएको थियो ।

मोबाइल, पैसा र गहना लुटपाट भएपछि कुरुवाकै सक्रियतामा लुटेराको खोजी गरी प्रहरीलाई बुझाएका छन् । धनकुटा छिन्ताङ घर भएका राम थापालाई नियन्त्रणमा लिइएको हो ।

कुरुवाले नियन्त्रणमा लिएका थापालाई इलाका प्रहरी कार्यालय धरानमा बिहान बुझाएको हो । उनका विषयमा अनुसन्धान भइरहेको इप्रका का प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved