इटहरीका चौधरीको हत्या गरेको आरोपमा उनकै पत्नीसहित दुईजना पक्राउ

  • प्रकाशित मितिः माघ, 17, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / आफ्नै श्रीमानको हत्या गरेको आरोपमा मृतकी पत्नी सहित दुईजना पक्राउ परेका छन् । उनीहरुलाई प्रदेश १ प्रहरीको विशेष टोलीले सुनसरीको कालाबञ्जरबाट बिहिबार विहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरीका सबिन राई र मृतक चौधरीकी पत्नी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका राईले नै चौधरीको घाँटी रेटी हत्या गरेको प्रहरीको दाबी गरको छ । मृतक चोधरीकी पत्नी कै योजनामा चौधरीको हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ ।

करिब तिन महिना अघि धनकुटाको रमाइलो मेलामा इटहरीका राम बाबु चौधरीको हत्या भएको थियो । घाँटी रेटिएको अवस्थामा चौधरीको शव कार्तिक १६ गते मेला नजिक भेटिएको थियो ।

पक्राउ परेका दुवैजनालाई इलाका कार्यालय इटहरीमा राखिएको छ । दुवैजनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved