इटहरीमा २सय ५१ जनाले गरे रक्तदान

  • प्रकाशित मितिः माघ, 17, 2075
  • पहिलो किताब संवाददाता

सुनसरी / इटहरीमा २सय ५१ जनाले रक्तदान गरेका छन् ।

रेडक्रस सोसाइटी इटहरी,लायन्स क्लव अफ स्मार्ट सिटि,सिमरवना वचत तथा ऋण सहकारी सस्था,जनता माध्यमिक विद्यालय इटहरी र लियो क्लव इटहरीको संयुक्त आयोजनामा इटहरी ५ सिमरवनामा भएको कार्यक्रममा २सय ५१ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक काशी दंगालले वताए । 

उनका अनुसार जनतामाविकामात्र शिक्षक र विद्यार्थी गरि पाँच दर्जनले रक्तदान गरेका छन । संकलित रगत रक्तसंचार धरानमा जम्मा गरिएको लायन्स क्लव अफ स्मार्टसिटि इटहरीका अध्यक्ष राजेन्द्र केशरी घिमिरेले बताए ।

लायन्स क्लव अफ इन्टरनेशनल डिस्टिक ३२५ ए १ मा अहिले सम्मकै सवैभन्दा वढि रक्तदान भएको अध्यक्ष घिमिरेले दावी गरे । दुई नम्वर प्रदेश वाहेक काठमाडौको टुडिखेल पूर्व काकरभिटटा सम्म सवै क्षेत्र डिस्टिक ३२५ ए १ मा पर्दछ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved