मलद्धार भित्र लुकाएर ल्याएको लागूऔषध सहित दुई पक्राउ

  • प्रकाशित मितिः माघ, 16, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / प्रहरीले लागुऔषत कारोबार गर्ने माथि कडाइ गर्न थालेपछि लागुऔषत नेपाल भित्राउनको लागी अनौठो तरिका अपनान थालेका छन् । मानिसको मलद्धारमा लुकाएर विराटनगरतर्फ ल्याउँदै गरेको लागूऔषधसहित दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका– १० घर बताउने २२ वर्षिय रेजी शेर्पा र सोही ठाउँका २७ वर्षिय सुवास प्रधानलाई इलाका प्रहरी कार्यालय रानी विराटनगर र लागूऔषध व्यूरो टोलीले चेकजाँच गर्ने क्रममा लागूऔषधसहित पक्राउ गरेको हो । ‘

प्रहरीलाई आएको गोप्य सूचनाको आधारमा उनीहरूलाई विराटनगर – १५ बाट पक्राउ गरेको हो । लागुऔषत सहित पक्राउ परेका व्यतिले शौच गरेपछि लागुऔषत बाहिर निकालेका थिए ।’ प्रहरीले उनीहरूलाई शौच गराएर पछि डाईजेल्याव ५ एम्पुल, लुपिजेसिक ११ एम्पुल, एभिल १३ एम्पुल गरी जम्मा २९ एम्पुल निकालिएको छ । पक्राउ परेका प्रधान र शेर्पाले जोगवनीमा लागूऔषध खाएपछि विक्री गर्न प्रहरीको आँखा झुक्याउन मलद्धारमा राखेर लागूऔषध ल्याउने गरेको प्रहरीसँग स्वीकार गरेका छन् ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved