अभिषेकको दुई गोल सँगै नेपाल पुलिस विजयी

  • प्रकाशित मितिः माघ, 15, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / इटहरीमा जारी दोस्रो मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप अन्तर्गत मंगलबार भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले भुटान सि.एफ.सि क्लबलाई पराजित गरेको छ । इटहरीको रंगशालामा भएको खेलमा पुलिसले भुटान सि.एफ.सि लाई २ - ० ले पराजित ग¥यो । यो जित सँगै पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ ।

पुलिसको जितमा युवा खेलाडी अभिषेक नायक बने । उनले टिमका लागि दुई गोल गरे । निकै प्रतिस्पर्धात्मक पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । गोलको  खोजिमा रहेको दुबै टोलीले गोल गर्न बारम्बार प्रयास गरे पनि सफल हुन नसक्दा पहिलो हाफ ० - ० सकिएको थियो ।

दोस्रो हाफको खेल शुरु भएको पहिलो मिनेटमा किपर बिट भएकोे अवस्थामा भुटान सि.एफ.सि का अभिषेक थापाको प्रहार पुलिसका अजित भण्डारीले बचाएका थिए । त्यसपछि खेलमा पुलिस निकै आक्रमक देखिएको थियो । दोस्रो हाफमा फरक रणनीतिमा देखिएको पुलिसका लागि खेलको ६२ औँ मिनेटमा तिर्थ रानाको क्रस पासमा अभिषेक रिजालले कुनै गल्ति नगरि गोल गरे ।

खेलमा फर्कन संर्घषरत भुटान सि.एफ.सि त्यतीबेला स्तब्ध भयो जब उसले दोस्रो गोल खा¥यो । खेलको ९० औँ मिनेटमा पुलिसका लागि अभिषेकले व्यातिmगत दोस्रो गोल गरेका थिए । निकै नै चलाखि पूर्ण ढँगबाट अभिषेकले दर्शनिय गोल गरेका थिए । बाँकी समय खेलमा कुनै गोल हुन नसक्दा खेल पुलिसले २ - ० ले जित्यो ।

खेलमा दुई गोल गर्न सफल अभिषेक म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरुप दश हजार र मेडल प्राप्त गरे । भोलि पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र मेची नेत्रालय के.एफ.टी सी झापा बिच हुने आयोजकले जानकारी गराए । नेपाल आर्मी थ्रि स्टारलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो भने मेची नेत्रालयले दोस्रो पाहुना टोलीक्यामरुनको दाफिन्स फुटबल टिमलाई हराएको थियो । 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved