इटहरी गोल्डकप : आर्मीले लिए थ्री स्टारलाई बदला

  • प्रकाशित मितिः माघ, 14, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप अन्तर्गत सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले थ्री स्टार क्लबलाई पराजित गदैै सिमरा  गोल्डकपको हारको बदला लिएको छ । थ्री  स्टारले यस अघिको  सिमरा गोल्डकपको भेटमा आर्मीलाई पराजित गरेको थियो । इटहरीको रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा आर्मीले थ्री स्टारलाई पेनाल्टी सुट आउटमा ३ - १ ले पराजित ग¥यो ।

आर्मी र थ्री  स्टार बिचको निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दुबै टोलीले गोल गर्ने सुनौलो अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।

खेलको ५८ औँ मिनेटमा भरत खवासले उत्कृष्ट गोल गदै आर्मीलाई पहिलो अग्रता दिलाएका थिए । तर आर्मीको अग्रता लामो समय टिक्न सकेन । खेलको ७१ औँ मिनेटमा बुद्ध राज लिम्बुको पासमा अनन्त तामाङले गोल गदै खेल बराबरी बनाए । दोस्रो हाफमा निकै अक्रामक देखिएको थ्री स्टारले गोल गर्न केहि सुन्दर अवसर पाएका थिए । खेलको ८३ औँ मिनेटमा थ्री स्टारका रुपेस के.सी ले वान भर्सेस वान बल गोलमा परिणत गर्न सकेनन् । गोलको खोजिमा रहेको दुबै टोलीले बाँकी समयमा गोल गर्न नसक्दा खेल ट्राइ ब्रेकर गएको थियो ।

ट्राइ ब्रेकरमा आर्मीका लागि भरत खवास, सन्तोस तामाङ र बिवेक बस्नेतले गोल गरे भने पदम तामाङ र दिप लामाको प्रहार  थ्री  स्टारका गोल रक्षक अलानले बचाउ गरेका थिए । उता थ्री  स्टारका लागि भने बिक्रम लामाले सान्तावना एक गोल गरे भने रञ्जित धिमाल, बुद्ध राज लिम्बु र रुपेस के.सी को प्रहार आर्मीका गोलरक्षक बिकेस कुथुले उत्कृष्ट बचाउ गरेका थिए ।

खेलमा उत्कृष्ट प्रर्दशन गरेका आर्मीका गोलरक्षक बिकेस कुथु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरुप दश हजार र मेडल प्राप्त गरे । प्रतियोगिता अन्तर्गत भोलि नेपाल पुलिस क्लब र भुटान सि.एफ.सि बिच खेल हुने आयोजकले जानकारी गराए ।

 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved