टिपर दुर्घटनाले लियो उग्ररुप : विराटचौक क्षेत्रमा लाग्यो कर्फ्यु

  • प्रकाशित मितिः माघ, 14, 2075
  • पहिलो किताब संवाददाता

विराटचौक / मोरङको विराटचौकमा ट्रिपरको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु भएपछि घटनाले उग्ररुप लिएको छ । विराटचौकबाट विराटनगरतर्फ जाँदै गरेको ट्रिपरको ना ३३ ख ३३५५ नम्बरको ट्रिपरको ठक्करबाट स्थानीय बालिका लक्ष्मी ढकाललाई ठक्कर दिएपछि स्थानियवासीले आठवटा टिपर जलाएका छन् ।

सो पश्चात जिल्ला प्रशासन कार्यालय मोरङले सुन्दर हरैचा बेलेपुरमा कर्फ्यु जारी गरिएको छ । बिहान पौने ११ बजेदेखि अर्को आदेश जारी नआउन्जेल सम्मका लागी कर्फ्यु जारी गरिएको हो ।

हाल प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको छ । उक्त क्षेत्रमा व्यापाक प्रहरी परिचालन समेत गरिएको छ । शान्ति सुरक्षा बिग्रने सक्ने अवस्थालाई मध्यनजर गदै निषेधाज्ञा जारी गरिएको प्रहरीले जनाएको छ । विराटचोकदेखि बेलेपुर क्षेत्र प्रवेश गर्न प्रहरीले निषेध गरेको छ । उताबाट आउने मानिसहरुलाई निकास दिदै आएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved