धरान–सिन्धुली–हेटौँडा सडकखण्ड कालोपत्रे सुरु

  • प्रकाशित मितिः माघ, 14, 2075
  • पहिलो किताब संवाददाता

उदयपुर / मदन भण्डारी राजमार्गको धरान–चतरा–सिन्धुली–हेटौँडा सडकखण्ड अन्तर्गत उदयपुरमा पर्ने सडकमा कालोपत्रे बिच्छाउन सुरु गरिएको छ । सरकारको प्राथमिकतामा रहेको मदन भण्डारी राजमार्ग पूर्वी खण्डमा पर्ने गाईघाटको चुहाडे क्षेत्रमा कालोपत्रे विच्छाउन सुरु गरिएको हो ।

पूर्वी खण्डको गाईघाट चुहाडे सडकमा परिक्षणको रुपमा कालोपत्रेको काम सुरु गरिएको आयोजना पूर्व खण्डका प्रमुख ललिजन खनालले बताए । सबै क्षेत्रमा कालोपत्रे गर्नुअघि परिक्षण गर्नुपर्ने भएकाले त्रियुगा नगरपालीकामा पर्ने चुहाडे क्षेत्रमा परिक्षण गरिएको उनले बताए ।

प्राईमर विच्छाएर ४८ घाममा सुकाएपछि अलकत्र विच्छाईने तयारी छ । सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरू जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रूपमा हेरिएको सडकको दुबै खण्डमा करिब ४० प्रतिशत काम सम्पन्न भइसकेको छ । सडक संरचना निर्माण, पुल निर्माण, कजवे, ह्युम पाइप, बक्स कल्भर्ट र स्ल्याब कल्भर्ट लगायतको संरचना निर्माणको काम धमाधम भइरहेको छ ।

सडकको तुलनामा पुल निर्माणका कार्य धेरै अगाडी बढीसकेको पाइएको छ । राजमार्गको पुर्व र पश्चिम गरि दुई खण्डमा विभाजन गरि काम तिब्र गतीमा भई रहेको छ ।
राजमार्गको पुर्वी खण्डको बसाहा देखि सब बेशको काम प्राय सकिएको छ भने वेसहाल्ने काम धमाधम भइरहेको प्रमुख खनालले जानकारी दिए । सडकको धेरै समय ग्रेड मिलान र सव वेस हाल्न नै खर्च हुने हुदाँ ४५ प्रतिसत कटेपछि सडकको प्रगती ९० प्रतिसत पुग्ने खनालले बताए ।

तीन वर्षमा निर्माण सक्ने लक्ष्य लिएको उक्त राजमार्गको निर्माणको पूर्वी खण्डको जिम्मा लामा शर्मा जेभी काठमाडौंले २०७३ कात्तिक २२ गते लिएको थियो । ११ मिटर चौडाई रहेको उक्त सडक दुई पत्रमा पिच हुनेछ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved