विराटचौकमा टिपरको ठक्करबाट बालिकाको मृत्यु, आक्रोशित स्थानियले जलाए ७ वटा टिपर

  • प्रकाशित मितिः माघ, 14, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / मोरङको विराटचौकमा टिपरले ठक्कर दिदाँ ११ बर्षिया बालिकाको मृत्यु भएको छ । घटनापछि आक्रोशित बनेका स्थानियले टिपरमा आगजनी गरेका हुन् ।

सुन्दरहरैचा नगरपालिका–११ स्थित सिसौघारीमा ना ३३ ख ३३५५ नम्बरको टिपरले स्थानिय बालिका लक्ष्मी ढकाललाई ठक्कर दिदाँ बालिकाको घटनास्थलमै मृत्यु भएको छ । घटना लगत्तै टिपर चालक फरार भएपछि स्थानियले टिपरमा आगजनी गरेका हुन् । टिपर पूर्ण रुपमा जलिसकेको प्रहरीले बताएको छ ।

सो क्षेत्रमा तिव्र गतिमा बढी मात्रामा टिपर चल्ने र सम्बन्धित निकायले समेत वास्ता नगरेकाले यस्तो घटना हुन पुगेको आरोप लगाउँदै स्थानियले ६ वटा टिपर र एउटा ट्रक जलाईसकेका छन् ।

भिड नियन्त्रण गर्न दर्जनौँ प्रहरी परिचालन गरे पनि नियन्त्रणमा आउन सकेको छैन ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved