जुट र धान गोदाममा आगलागी, एक करोड ३८ लाखको क्षति

  • प्रकाशित मितिः माघ, 14, 2075
  • पहिलो किताब संवाददाता

इनरुवा / सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा आइतबार धान र जुट(पटुवा) गोदाममा आगलागी हुँदा करिव रु एक करोड ३८ लाखको सामान क्षति भएको छ ।

स्थानीय त्रिलोचन यादवको धान र पटुवा गोदाममा आगलागी हुँदा एकतले पक्की भवनको गोदाममा राखेको ४५० क्विन्टल धान, पाँच हजार मन जुट (सनपाट पटुवा)मा जल्नाका साथै गोदाममा समेत क्षति पुगेकाले सो मूल्य बराबरको सामान नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए ।

दुहबी, इनरुवा नगरपालिका र ईटहरी उपमहानगरपालिकाबाट गएको बारुणयन्त्रण, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved