मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप शुरु, झापाको विजयी शुरुवात

  • प्रकाशित मितिः माघ, 12, 2075
  • पहिलो किताब संवाददाता

इटहरी /  मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फूटबल प्रतियोगिताको दोस्रो संस्करण इटहरीको रंगशालामा शनिबारदेखि शुरु भएको छ । शनिबारदेखि शुरु भएको उक्त प्रतियोगिताको खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्माले उद्घाटन गरेका छन् ।

मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो खेलमा मेची नेत्रालय के.एफ.टी.सी झापा क्लबले दाफिन्स फुटबल टिम क्यामरुनलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । इटहरी रंगशालामा शनिबार बेलुका भएको निकै प्रतिस्पर्धात्मक खेलमा झापाले पेनाल्टी सुटआउटमा दाफिन्स फुटबल टिम क्यामरुनलाई ४ - ३ पराजित ग¥यो ।

खेलमा दुबै टिमले गोल गर्ने केही अवसर पाए पनि गोल गर्न नसक्दा पहिलो हाफको खेल बराबरीमा सकिएको थियो । त्यसपछि दोस्रो हाफमा निकै आक्रमक देखिएको दाफिन्स फुटबल टिमले गोल गर्ने थुप्रै अवसर पाएका थिए । तर क्यामरुन टोली बारम्बर चुक्यो । दाफिन्स फूटबल टिमले डिबक्स भित्रबाट धेरै गोल गर्ने अवसर पाए पनि गोल गर्न भने सकेनन् । उता झापाले भने दोस्रो हाफमा त्यति राम्रो प्रर्दशन गर्न सकेन । गोलको खोजीमा रहेको दुबै टोली बारम्बर चुक्दा खेल ट्राइब्रेकरमा पुगेको थियो ।

ट्राइब्रेकरमा झापाका लागि दिप कार्की, निरज बस्नेत, विकास राई, र निराजन खड्काले गोल गरेका थिए भने जर्सी नम्बर ५ का विष्णु लिम्बुको प्रहार दाफिन्स फूटबल क्लबका गोलरक्षकले उत्कृष्ट बचाउ गरेका थिए । उता दाफिन्स फूटबल क्लबका लागि बियिक,यान्निक,र एन्जामाले गोल गरे भने जर्सी नम्बर ६ को जो र जर्सी नम्बर ९ का अरमेलको प्रहार झापाका गोलरक्षकले सेभ गरेका थिए ।

उत्कृष्ट खेल प्रर्दशन गरेका के.एफ.टी.सी झापाका दिप कार्की म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरुप दश हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत भोलि मनाङमस्याङदी क्लब र आयोजक टिम राष्टिय जागृति क्लब बिच प्रतिस्पर्धा हुने आयोजकले जानकारी गराए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved