द भ्वाइस अफ नेपालका बिजेताले पथरी तताउने

  • प्रकाशित मितिः माघ, 8, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / चर्चित कलाकारको साथमा पूर्वको विभिन्न स्थानमा ‘द भ्वाइस अफ नेपाल लाइफ म्यूजिकल कन्र्सट’ हुने भएको छ । उक्त कन्र्सट पूर्वको विभिन्न सहरमा हुने भएको छ । यो कन्र्सटमा द भ्वाइस अफ नेपालका बिजेता देखी फस्ट रनरअप र टपटेनमा पुगेका कलाकारहरूको साँगीतिक प्रस्तुती रहनेछ ।

पिस ल्याम्प इन्टरनेशनल प्राइभेट लिमिटेडको आयोजनामा मोरङको पथरीमा यही माघ २५ गते द भ्वाइस अफ नेपाल लाइफ म्यूजिकल कन्र्सट हुने भएको छ । आयोजक समितिले मंलबार पत्रकार सम्मेलन गरि पथरीमा हुने लाइफ कन्र्सटको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए । पथरीपछि झापाको केर्खामा १६ गते, सुनसरीको धरानमा २१ र बिर्तामाडमा २३ गते द भ्वाइस अफ नेपाल लाइफ म्यूजिकल कन्र्सट हुने भएको पिल ल्याम्प इन्टरनेशनलका म्यानजिङ्ग डाइरेक्टर अनुप योञ्जनले जानकारी दिनुभयो ।

सो कन्र्सटको मुख्य कलाकार द भ्वाइस अफ नेपालका बिजेता सी.डी. विजय अधिकारी, फस्ट रनरअप कुसल आचार्य, सम्तक गतराज, श्रीजब थपलीयाको प्रस्तुती रहेनछ । त्यस्तै टप एडमा पुगेका श्रेया राई, सुरेखा क्षेत्री, अनु शाक्य, बिवेक वाइवा लामा चेङवालागयतको साँगीतिक प्रस्तुती रहनेछ ।

‘पूर्वको सहरमा एकै ठाउँमा यतिका संख्यामा कलाकार ल्याएर साँगीतिक प्रस्तुती हुन लागेको छ,’ योञ्जनले भन्नुभयो, ‘लाइभ कन्र्सटको तयारीमा हामी जुटेका छौं । यहाँ हुन लागेको साँगीतिक कार्यक्रम भव्य र सभ्य हुनेछ ।’ उक्त लाइभ कन्र्सट समापन गर्न करिब १८ देखी २० लाख रुपैयाँ खर्च हुने पिस ल्याब इन्टरनेशनका अध्यक्ष प्रेमकुमार तामाङ्गले जानकारी दिनुभयो । पथरीमा हुने लाइफ कन्र्सटमा २० हजारभन्दा बढी दर्शकको प्रत्यक्ष सहभागि हुने आयोकजले अपेक्षा राखेको छ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved