खेलमय बन्दै मोरङ

  • प्रकाशित मितिः माघ, 7, 2075
  • नवराज कट्टेल

मोरङ  /माघको दोस्रो साताभर मोरङ खेलमय हुने भएको छ । निजी विद्यालयहरुको अर्गनाइजेशन (प्याब्सन) मोरङ र उच्च माध्यमिक विद्यालयको संगठन (हिसान) ले आयोजना गर्ने खेलकुदले मोरङलाई खेलमय बनाउने भएको हो ।

प्याब्सनले दशौं स्पोटर््स मिट–२०७५ मोरङको लक्ष्मीमार्ग खेलमैदानमा मंगलबारदेखि आयोजना गर्दैछ भने हिसानले विराटनगरका खेलमैदानमा आफ्ना विद्यार्थीबीचको प्रतिस्प्रर्धा गराउने भएको छ ।

मोरङका निजी विद्यालयमा अध्ययनरत आधारभूतदेखि माध्यमिक विद्यालय तहसम्मका विद्यार्थीबीचको प्रतिस्प्रर्धाबाट नयाँ खेलाडी जन्माउने यो खेलको महाकुम्भ मानिएको छ ।

प्याब्सनले २ सय ३८ विद्यालयका १ हजार पाँचसय विद्यार्थीलाई खेलाडीको रुपमा मैदानमा उतार्न लागेको अध्यक्ष अर्जुन बस्नेतले जानकारी दिए । अनुशासन, मित्रता, स्वास्थ्य र शान्तिको लागि खेलकुद नारा दिइएको प्याब्सन मोरङको स्पोर्टस् मिट तीनदिनसम्म सञ्चालन हुनेछ ।
यस अवधीमा एक लाख बढी दर्शकले खेलको अवलोकन गर्ने अनुमान गरिएको छ ।

२०६३ सालदेखि प्याब्सनले स्पोर्टस् मिट आयोजना गर्दै आएको थियो । भूकम्प र बाढीको कारण देखाउँदै केहिवर्ष यतादेखि प्याब्सनले खेलकुद गराएको थिएन । सामाजिक काममा लाग्यौं त्यहि भएर खेलकुद गर्न सकेनौं प्याब्सन मोरङका सचिव प्रेमलाल सिंहले भने–अब टुटेको कडिलाई जोड्दै विद्यार्थीको खेलकुद प्रतिस्प्रर्धामार्फत नयाँ खेलाडी उत्पादन गर्दैछौं । एथलेक्सिका २५ भन्दा बढी एभेन्टसँगै भलिबल खेलमा विद्यार्थीहरुबीच प्रतिस्प्रर्धा गराईने भएको छ ।

हिसानले २५ विद्यालयका एकहजार ४ सय विद्यार्थीबीच प्रतिस्प्रर्धा गराउने तयारी गरेको छ । हिसान मोरङका अध्यक्ष बलराम पन्तका अनुसार माघ १६ गतेसम्म चल्ने खेलकुद प्रतिस्प्रर्धा दिल्ली पब्लिक स्कूल विराटनगरमा फुटबल र भलिबल, बैजनाथपुरमा क्रिकेट र कवर्डहलमा टेवल टेनिस हुनेछ ।

राष्ट्रका लागि खेलाडी उत्पादन गर्ने हाम्रो दायित्व भएकोले ठूलो लगानीमा खेलमहोत्सव आयोजना गर्दैछौं हिसान केन्द्रका उपाध्यक्ष भेषराज पोखरेलले भने–प्रतिविद्यालय एकलाख ५० हजार लगानी गर्दैछौं, विद्यार्थीबाट शुल्क लिने छैनौं । त्यस बाहेक खेलकुद सम्पन्न गर्नका लागि सात लाख रुपिँया संस्थागत रुपमा हिसानले ब्यहोर्नेछ । हिसानका केन्द्रीय सदस्य शंकर भट्टराईले हिसान मोरङको खेलकुद प्रतियोगिता केन्द्रीय कार्यक्रममा समेत प्राथमिकतामा पर्ने बताए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved