यस्ता छन् कपाललाई सुन्दर र लामो बनाउने उपायहरु

  • प्रकाशित मितिः पुष, 8, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / लामो र सुन्दर कपाल हर एक महिलाको सपना हुन्छ । तर हामीले कपालको राम्रोसँग ख्याल नराख्दा टुक्रिएर जान्छ र बिस्तारै पातलिँदै पनि जाने गर्दछ । विभिन्न किसिमका खराब केमिकल मिश्रीत स्याम्पुको प्रयोगे पनि कपाल बिग्रिनु वा टुक्रिनुको एक प्रमुख कारण हो । हामिले शरिरलाई स्वस्थ राख्नका लागी शरिरको ख्याल गरे जस्तै कपाललाई राम्रो र स्वस्थ बनाउन पनि यसको ख्याल गर्नुपर्ने हुन्छ ।

कपाल बाक्लो र सुन्दर बनाउने घरेलु उपायहरु

१.प्याज र मह
कपाललाई बलियो बनाउन प्याज र महको प्याक राम्रो हुन्छ । यसका लागि सबैभन्दा पहिले प्याजको पेस्ट बनाउने त्यसमा केही थोपा मह मिसाउनुहोस् । यो पेस्टलाई कपाल कम भएको भागमा लगाउनु पर्छ । यसले कपाललाई बलियो बनाउँछ र झर्न कम हुन्छ ।

२.प्याजको रस
प्याजमा भएको सल्फरले कपालको जरालाई पोषण गर्छ । यसले कपाललाई बलियो बनाउँछ । प्याजमा भएको एन्टिब्याक्टेरियल गुणका कारण प्याजको रस कपालमा लगाउनाले झर्ने समस्या कम हुन्छ । कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन प्याजको रसबाट बनेको हेयर प्याक प्रयोग गर्न सकिन्छ ।

प्याजको रस निचोरेर टाउकामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिनु पर्छ । त्यसपछि स्याम्पूले राम्ररी कपाल सफा गर्नुपर्छ ।

३.प्याज र कागती
कागती र प्याजको रस प्रयोग गर्दा कपाल बढ्न मद्दत पुग्छ । कागतीको रस र प्याजको रसको मिश्रणले टाउकाको छालालाई सफा पार्छ । यसले कपाल झर्नबाट रोक्छ । र कपालमा चाँया पर्न पनि दिँदैन ।

४.प्याज र अण्डाको सेतो भाग
अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेका लागि प्याज र अण्डाबाट बनेको हेयर प्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउन प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् । यसलाई आधा घण्टासम्म कपालमा लगाएर सेम्पू लगाएर सफा गर्नुपर्छ । प्याजको रसबाट बनेको हेयर प्याकको प्रयोगले कपाल लामो र चमकदार हुन्छ । यसबाट कपाल झर्ने समस्या कम हुन्छ । कपाल झर्न रोक्नका लागि एक पटकमा एउटा उपायको मात्र प्रयोग गर्नुपर्छ ।

५.प्याज र बियर
बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर कपालमा लगाउनाले कपाल बढ्छ । यसले कपालमा कन्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउन हप्ताको दुई पटक यसलाई प्रयोग गर्न सकिन्छ ।

६.प्याज र नरिवलको तेल
नरिवलको तेल र प्याजको रस मिसाएर लगाउनाले पनि कपाल राम्रो हुन्छ । यसले कपाललाई पोषण दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । त्यसपछि तौलियाले केहीबेर छोप्नुपर्छ । यसबाट टाउकाको मृत कोशिका हट्छन् । यसले कपाल बढाउन मद्दत गर्छ ।

यसका अलवा कपाललाई सुन्दर र चमकदार बनाउनका लागी घिउकुमारीको प्रयोग गर्न सकिन्छ । कपाललाई खुला छोड्ने भन्दा पनि बाध्ने गर्नाले भित्र सम्म फोहोर, धुलो, धुवाँ पुग्दैन र कपाल स्वस्थ हुन्छ । अदुवाको पेस्ट बनाएर जरामा लगाउने हो भने यसले कपाललाई मजबुद बनाउँछ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved