विराटनगरको ‘बदमास केटो’ बिनासर्जरी आँखाको नानी प्रत्यारोपण गर्ने विश्वकै पहिलो डाक्टर

  • प्रकाशित मितिः पुष, 6, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / उनी बच्चैदेखि थिए, चकचके नर्सरीमै पटक पटक फेल बदमासीको हद पार हुन थालेपछि परिवारले सम्हाल्न सकेन। सात वर्षकै उमेरदेखि नै होस्टेल हाल्नपर्‍यो । यो बदमास केटो ‘डाक्टर’ हैन ‘ड्राइभर’ बन्छ – सबै त्यस्तै भन्थे, उनको चर्तिकला देख्दा ।

विराटनगरको ‘बदमास केटो’ लाई त्यतिखेर देख्ने जो कसैले अहिले देख्यो भने छक्कै पर्छन् । त्यो चकचके केटोको नाम हो किशोरराज प्रधान जसका अगाडि छ – डाक्टर डाक्टरमात्र होइन, चर्चित डाक्टर । रेटिना स्पेसलिस्ट । सानोमा सबैले चकचके र वदमास देखेको किशोरराजले यतिखेर धेरैको आँखाको पर्दा खोलिसकेका छन् ।

रेटिना, अर्थात् आँखाको पर्दा जसलाई हामी खुल्ला आँखाले देख्न सक्दैनौँ। यसमा समस्या आउँदा उपचार नभए आँखाको ज्योति नै बन्द हुन्छ ।

आँखाको संवेदनशील विषयका विज्ञ डाक्टर किशोरराज केटाकेटी छँदा विराटनगरमा वदनाम थिए तर अहिले विश्वभर चर्चित छन् । उनी आँखाको नानीमा ‘स्माइल लेजर’ हाल्ने नेपालका एक्ला डाक्टर हुन् । उनको परिचय यतिमै सीमित छैन ।

उनले विश्वमै पहिलोपटक ‘सुचरलेस फर्मिङ ट्रान्सप्लान्ट’ गरे । विकसित देशका डाक्टरहरुले हात पार्न नसकेको सफलता उनको पोल्टामा छ । तिलगंगा अस्पतालको पहिचानलाई विश्वमा थप उचाई दिए उनले ।

‘सुचरलेस ट्रान्सप्लान्ट’ अर्थात् आखाँको नानी फेर्दा टाँका नलगाइकन गर्ने सर्जरी । १ वर्षमात्रै भयो यो सर्जरी तिलगंगा आँखा अस्पतालमै सफल भएको । पोखराका सुनिल बरालको ‘सुचरलेस ट्रान्सप्लान्ट’ गरेका थिए उनले । हङकङमा गएर यसको रिपोर्ट पनि प्रस्तुत गरिसके । यसपछि उनीसँग अर्का विरामी पनि छन् जो यही प्रविधिबाट सर्जरी गराउँदैछन् ।

‘वर्ल्ड वाइड वन अफ दि सक्सेसफुल स्टोरिज्,’ मुस्कुराउँदै भने, ‘अ बिग एचिभमेन्ट । एभ्रिबडी इज ह्याप्पी । यो ‘सेक्रेट’ हो । सफ्टवेयर मसँग मात्रै छ । कसरी गर्ने कसैलाई थाहा छैन ।

पहिलो पोष्टबाट



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved