पूर्वमा ईशिकाको खोजी , तर ईशिका भन्छिन् – अझै सिक्न अनि जान्न बाँकी छ

  • प्रकाशित मितिः पुष, 5, 2075
  • पहिलो किताब संवाददाता

मोरङ / स्वस्फुर्त रूपमा थालेको गायन क्षमतालाई श्रोता तथा दर्शकले रुचाउन थालेपछि विराटनगरमा हुने हरेक कार्यक्रममा नव गायिकाका रूपमा देखा पर्न थालेकी ईशिका नेपाल पछिल्लो समयमा सर्वाधिक खोजी अनि रुचिको पात्र बन्न थालेकी छन् ।

स्वस्फुर्त थालेको गायन यात्रा रुचाउन अनि छनौट र रोजाइमा पर्न थालेपछि सुनसरीको पकलीकी स्थायि बासिन्दा ईशिका नेपाल पूर्वमा क्रमशः लोकप्रिय अनि चर्चामा आउन थालेकी छन् ।

गायन तथा सङ्गीतको औपचारिक शिक्षा विना नै नव गायीकाका रूपमा चिनिन थालेकी उनी श्रोता अनि दर्शकको रोजाइमा पर्न थालेपछि पूर्वबाट सङ्गीतमा स्थापित बनेका विष्णु चेम्जोङ , प्राश्ना शाक्य , जुनु रिजाल र योजना पुरी लगायतको भिडमा आफूलाई उभ्याउन सक्ने उनले सङ्केत दिएकी छन् ।

इटहरीको पकलीकी स्थाथि बासिन्दा नेपाल उच्च माध्यमिक तहको अध्यनका लागि विराटनगर स्थित मेरिल्याण्ड कलेज पुगेपछि उनले बाल्यकालबाट थालेको गायन यात्राले गति लिएको उनकै परिवारका सदस्यले बताएका छन् । परिवारको असहमति अनि पूर्ण सहयोग विना उनले गायनमा दिएको निरन्तरताकै कारण पछिल्लो समयमा विराटनगर सहित आसपासका क्षेत्रमा हुने गरेका कार्यक्रममा उनी पहिलो रोजाइमा पर्न थालेकी हुन् ।

जेसीसले आयोजना गरेको कार्यक्रममा गायन क्षमता देखाएर आफूलाई चिनाउन सफल भएकी उनी अहिले विराटनगर महानगर क्षेत्रमा हुने साना तथा ठुला हरेक कार्यक्रम र सो हरूमा आयोजकको पहिलो रोजाइमा पर्न थालेकी छन् । मेरिल्याण्ड कलेजमा वाणिज्य सङ्कायमा कक्षा १२ मा अध्ययनरत ईशिकालाई पूर्वकै अनि प्रदेशकै ठुलो मानिएको विराट एक्स्पोमा समेत गायीकाको स्थान दिएसँगै उनको चर्चा अनि उचाइ थप चुलिएको छ ।

प्रदेशकै ठुलो मानिएको एक्स्पोमा गायीकाको सूचिमा समेत पर्न सफल भएकी ईशिका नेपाल गायन सँगै पछिल्लो समयमा क्षमता बोकेकी मोडलका रूपमा समेत पूर्वमा चिनिन थालेकी छन् । आकर्षक अनि सुन्दर गायिका समेत भनेर चिनिन थालेकी ईशिका पछिल्लो समयमा हुने गरेका फेसन सो , फोटो सुट अनि स्थानीय विज्ञापनहरूमा समेत रोजाइमा पर्न थालेपछि उनलाई नयाँ मोडलका रूपमा समेत हेर्न थालिएको छ ।

सुन्दरता , वाक कला र गायन क्षमतामा पनि आफू अब्बल रहेको देखाई सकेकी ईशिकालाई पछिल्लो समयमा उदाउँदै गरेकी नव नायिकाका रूपमा समेत हेर्न थालिएको छ ।

विभिन्न सो र कार्यक्रममा कहिले मोडल , कहिले गायीका त कहिले कार्यक्रम सञ्चालकका रूपमा देखिन थालेकी ईशिका पछिल्लो समयमा कार्यक्रम आयोजकहरूको पहिलो रोजाइमा पर्न थालेपछि उनको चर्चा बढ्न थालेको हो ।

ईशिकाको यही बहुक्षमताकै कारण उनलाई अभिनयका लागि समेत प्रस्ताव आउन थालेको भए पनि अहिले सम्म उनलाई अभिनयमा भने देखिएको छैन ।

पछिल्लो समयमा पूर्वमा स्थापित अनि रोजाइमा पर्दै गएकी ईशिका भने कार्यक्रमका आयोजक अनि कार्यक्रमको स्तर अनि प्रभावकारिता हेरेर आफूमा भएको क्षमता अनुसार मात्रै आफूले काम गर्ने गरेको बताएकी छन् ।

उनले आए जति प्रस्ताव सबैलाई स्विकार्ने हो भने आफ्नो अध्ययन भविष्यको सपना सबै पुरा नहुने भएकाले कलेज अनि अध्ययनमा असर नपर्ने गरी सके जति आफूले पाएका अवसरमा मात्रै आफूले आफ्नो क्षमता प्रस्तुत गर्ने गरेको उनले सुनाइन् ।

आफूलाई मोडल , गायिका अनि कार्यक्रम सञ्चालक भनेर चिनिए पनि आफूमा सम्बन्धित विषयको पूर्ण ज्ञान नरहेको उनले स्पष्ट समेत पारेकी छन् । त्यही फिल्डमा नै आफूलाई स्थापित गराउनका लागि सम्बन्धित विषयमा आफू पूर्ण ज्ञान लिने बाटोमा रहेकाले अहिले नै हतारमा पाएका प्रस्ताव समातेर आफू नदगुर्ने उनले उल्लेख गरेकी छन् ।

जुनसुकै फिल्ड अनि क्षेत्रमा लाग्नु या त्यही क्षेत्रमा आफूलाई स्थापित गराउन छ भने सम्बन्धित क्षेत्रका विषयमा आफूलाई पूर्ण ज्ञान आवश्यक पर्ने भएकाले आफूले मोडलिङ या गायन मध्ये एक क्षेत्रमा अध्ययन अघि बढाउने योजना बुनेको पनि उनले खुलासा गरेकी छन्।

मोडलिङ , अभिनय र सङ्गीत मध्ये कुनै एउटा क्षेत्रमा विज्ञता हासिल गर्ने अनि सँगसँगै सबै क्षेत्रमा आफूलाई अघि बढाउने योजना बनाएकाले अहिले नै हतारिएर ठाउँ भेटे अवसर पाउन थाले भनेर हौसिएर आफूलाई बिचमा नै अलपत्र पार्ने पक्षमा आफू नरहेको उनले स्पष्ट समेत पारेकी छन् ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved