कञ्चन तिवारी बनिन मिस इटहरी

  • प्रकाशित मितिः पुष, 2, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / इटहरी स्थित विश्व आदर्श कलेजमा विज्ञान संकायमा अध्यनरत कञ्चन तिवारीले मिस इटहरीको उपाधि हात पारेकी छन् । ग्लोबल ड्रिम्स म्यानेजमेन्टको आयोजनामा भएको सौन्दर्य प्रतियोगिताको आईतवार साँझ शान्ति पार्टी प्यालेसमा सम्पन्न फाईनल प्रतिष्पर्धामा सहभागि अन्य १३ युवतीलाई पछि पार्दै तिवारी पहिलो मिस इटहरी बन्न सफल भएकी हुन् ।

मिस इटहरीको उपाधिसँगै उनले हङकङ भ्रमण र एयरहोस्टेज अध्यनका लागि छात्रवृत्ति समेत पाएकी छन् । प्रतियोगिताको आयोजक संस्थाले विजेता तिवारीले हङकङ भ्रमण र छात्रवृत्ति पाउने जानकारी गराएको हो ।

त्यसैगरी फष्ट रनर अपको उपाधि एलिना राई र सेकेन्ड रनर अपको उपाधि श्रृजना अधिकारीले हात पारेका छन् । पुर्व मिस नेपाल निकीता चण्डक सहितको निर्णायक मण्डलले सोधिएका प्रश्नमा सहभागिले प्राप्त गरेको नम्वरका आधारमा विजेता छनौट गरीएको थियो भने कार्यक्रमको मुख्य अथिति प्रशान्त ताम्राकार रहेका थिए ।

प्रतियोताबाट मिस इटहरी बन्न सफल तिवारीले मिस नेपाल बन्ने सपनामा स्थानिय स्तरमा भएको यो प्रतियोगिताले आफ्ना लागि बाटो खोलिदिएको बताएकी छन् । उनले भविष्यमा मिस नेपाल सम्म बन्नका लागि अहिले सिकेका कुराहरु आफ्नो लागि उपयोगि हुने बताउँदै समाजिक अभियानमा आफुलाई अब क्रियाशिल बनाउने वताएकी छन् ।

सौन्दर्य प्रतियोगितालाई हेर्ने नजर गलत रहेको भएपनि पछिल्लो समयमा श्रृखला खतिवडाले पाएको सहयोग माया अनि हौसलाले पुरानो मानशिकतामा परिवर्तन भएको महशुस गर्दै सौन्दर्य प्रतियोगिताबाट बढाएका आफ्ना पाईला अभिनयसम्म लगेर आफुलाई स्थापित गर्ने उनले बताएकी छन् ।

आफुलाई सौन्दर्य प्रतियोगिता , मोडलिङ र अभिनयको क्षेत्रमा लाग्न परिवारवाट सहयोग मिलेकाले अध्यनलाई नविगारीकन आएका अवशरलाई उपयोग गरी आफु अब अघि वढ्ने उनले जानकारी समेत गराएकी छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved