इटहरीमा कृषी बजारका लागी जग्गा निरिक्षण गर्दै राज्यमन्त्री चौधरी

  • प्रकाशित मितिः पुष, 2, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / कृषि तथा पशुपंछि राज्यमन्त्री रामकुमारी चौधरीले इटहरीमा कृषि बजारका लागी जग्गा निरिक्षण गरेकि छन् । राज्यमन्त्री चौधरीले प्रदेश १ कै सबैभन्दा ठूलो सुविधा सम्पन्न कृषि बजार स्थल निर्माणका लागि जग्गा निरिक्षण गरेकि हुन् ।

इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले राज्यमन्त्री चौधरीलाई इटहरी ९,१० र ११ नम्वरमा रहेका सार्वजनिक जग्गा अवलोकन गराएका हुन् । प्रत्येक प्रदेशमा अत्याधुनिक सुविधासम्पन्न कृषि थोक बजार स्थल निर्माण गर्ने अभियानका क्रममा प्रदेश १ का लागि इटहरीमा अध्ययन शुरु गरिएको राज्यमन्त्री चौधरीले बताइन् ।

उनले कृपि बजारका लागी ७ बिगाह जग्गा आवश्यक रहेको बताएकि छन् । उक्त जग्गा जाँचका लागी मन्त्रालयबाट प्राविधिक र विज्ञको टोली पठाउने र विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने जानकारी समेत दिइन् ।

कृषि थोक बजार स्थलमा बिभिन्न किसिमका फलफूल र तरकारीका लागि अलग अलग कोल्डस्टोर निर्माण गरिने छ। कृषि जन्य पदार्थहरुका परिक्षणका लागि प्रयोगशाला स्थापना गरेर बिज्ञ राखिने छ। कृषिजन्य उत्पादनको उत्पादन र बिक्रिको अध्ययन अनुसन्धान गर्न अनुसन्धानशाला पनि बनाइने राज्यमन्त्री चौधरीले जानकारी दिइन् ।

त्यस्तै कृषि तथा पशुपंछि मन्त्रालयबाट इटहरी ९ स्थित हटियाको स्तरोन्नतीका लागि ४० लाख रुपैँया बिनियोजन भएको छ। इटहरीका मेयर द्धारिकलाल चौधरीले त्यहाँको कृषि बजारको स्तरउन्नतीको डिपीआर तयार भइसकेको बताए। उनले चाडै काम शुरु गरिने भन्दै कृषि क्षेत्रको बिकासका लागि बजेट छुट्याई पूर्वकै आधुनिक थोक कृषि बजार इटहरीमा निर्माणको पहलका लागि उनले राज्यमन्त्री चौधरीलाई धन्यबाद दिए।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved