अन्धोपनाबाट बच्ने उपायहरु

  • प्रकाशित मितिः पुष, 1, 2075
  • पहिलो किताब संवाददाता

इटहरी/ मानव शरीरको संवेदनशील अङ्गका रुपमा रहेको आँखाको सुरक्षा गर्न सके दृष्टिविहीन हुनबाट बच्न सकिन्छ । आँखा रोग विशेषज्ञका अनुसार पाँच कारणबाट अन्धोपना हुने गर्दछ ।

मोतिविन्दु, जलविन्दु, आँखामा लाग्ने चोटपटक, मधुमेह, भिटामिन ‘ए’को अभावका कारण अन्धोपना हुने गर्दछ । पहिले ट्रकोमाका कारण पनि अन्धोपना हुने भए पनि हाल त्यसको उन्मूलन हुँदै आएको छ ।

विशेषत ४० वर्ष नाघेका सबैले समयमा आँखा परीक्षण गरेर बेलैमा शल्यक्रिया गरेमा मोतिविन्दुबाट बच्न सकिन्छ । नेपालमा हरेक वर्ष दुई लाख जना नेपालीको मोतिविन्दुको शल्यक्रिया हुन्छ ।

अन्धोपनाको अर्को कारण वंशाणुगत रोग जलविन्दु हो । जलविन्दु लागिसकेपछि पुनः दृष्टि फर्काउन कठिन हुन्छ । समयमै पत्ता लागेमा रोगथाम गर्न सकिने विज्ञहरु बताउँछन् । समय समयमा आँखा परीक्षण गरेर यो रोगको रोगथाम गर्न सकिन्छ ।

अन्धोपनाको अर्को कारण चोटपटक हो । आँखामा चोटपटक लागेमा अल्सर भएर फुलो पर्ने गर्दछ । यस्तो अवस्थामा हेलचेक्र्याईं नगरी तत्काल चिकित्सकको सल्लाहमा उपचार थालेमा आँखा बचाउन सकिन्छ । समय समयमा परीक्षण नगरेमा अकस्मात अन्धोपना हुनसक्ने खतरा हुन्छ । यस्तो अवस्थामा दृष्टि फर्काउन मुस्किल पर्छ ।

बालबालिका जन्मदैमा अन्धोपना भएको हुन सक्छ । त्यस्ता बालबालिका पढाइमा पनि कमजोर हुने गर्दछन् । कक्षाकोठाको पाटीमा लेखेको नदेख्ने समस्या हुन सक्छ । समयमै परीक्षण गरेर उपचार थालेमा बालबालिकालाई अन्धो हुनबाट जोगाउन सकिन्छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved