भ्रष्टाचार न्यूनीकरणमा चलचित्र ‘सय कडा १०’बन्दै

  • प्रकाशित मितिः मंसिर, 26, 2075
  • पहिलोकिताव संवादताता

पोखरा। / समाजमा व्याप्त भ्रष्टाचारजन्य गतिविधिलाई प्रस्तुत गर्दै त्यसको न्यूनीकरणमा सहयोग पु¥याउने लक्ष्यका साथ ‘सय कडा १०’ चलचित्र निर्माण हुने भएको छ ।आगामी माघ १८ गते प्रदर्शनमा ल्याउने गरी चलचित्र निर्माण कार्य अघि बढिरहेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा चलचित्रका लेखक एवं निर्देशक रामशरण पाठकले जानकारी दिए । “युवालाई नेपाल र नेपाली माटो बुझाउँदै समाजमा व्याप्त भ्रष्टाचारले पारेको प्रभावलाई चलचित्रमार्फत देखाउन खोजेका छौँ,” उनले भने ।

चलचित्रको कथा लेखन गरेकी रञ्जु प्रधानले नेपाली युवामा विदेश जाने र त्यहीँ हराउने प्रवृति बढिरहेको बताउँदै भ्रष्टाचार नहुने हो भने युवा पलायन रोकिने बताए ।शिक्षा नैतिकता र स्वच्छ चरित्र निर्माण गर्ने खालको हुनुपर्ने बताउँदै उनले समाजका यिनै बेथिति र यसले पारेको नकारात्मक असर चलचित्रमा देखाइने बताए । लगभग रु एक करोड ६० लाखको लागतमा तयार हुने अनुमान गरिएको चलचित्रमा मनोज गजुरेल, राजाराम पौडेललगायतका कलाकारको भूमिका रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

भ्रष्टाचार समाज एवं राष्ट्र विकासको बाधक भएको बताउने सामाजिक अभियन्ता मञ्जु क्षेत्रीले चलचित्रले सामाजिक सचेतनामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved