प्रकाश पौडेलको ‘आलु चिउरा खाउ’ सार्वजनिक

  • प्रकाशित मितिः मंसिर, 23, 2075
  • पहिलो किताब संवाददाता

इटहरी  / गायक प्रकाश पौडेलको ‘आलु चिउरा खाउ’ बोलको नयाँ गीत सार्बजनिक भएको छ । शुक्रबार बुढासुब्बा म्युजिक कम्पनीको युट्युब च्यानल मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गोपाल दाहालको शव्द, दिपराज न्योङ्हाङको सङ्गीत रहेको गीतमा गायक पौडेल र मुना पाख्रिनको स्वर रहेको छ । पौडेल आफैंले निर्देशन गरेको भिडियोमा राजीव दाहाल, सुर्वण पाख्रीन, अस्टर तामाङ, विराट अनुपम, नविन विशालले अभिनय गरेका छन् ।

मोटोपन र पेट लाग्दा हुने तनाव र त्यसलाई कसरी घटाउने भन्ने विषयलाई गीतमा व्यङ्ग्य गरिएको गायक पौडेलले बताएका छन् । युनाइटेड डान्स सेन्टर धरानको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई रोशन श्रेष्ठले छाँयाकंन तथा प्रकाश तुलाधरले सम्पादन गरेका हुन् ।

रुन्चे गायकका रुपमा परिचित रहेका पौडेल नेपाली समाजमा हुने सत्य तथ्य कुरालाई संगीत मार्फत व्यङ्ग्य गर्न सिपालु मानिन्छन् । उनका पछिल्ला गीतहरु नाइ मलाई त्यही केटी चाहिन्छ, डाक्टर साब भिटामिन लेख्दिनुस् न, तितेपाती तितेपाती झ्याप झ्याप,ओइ नेता, हास्ने गीत हा हा हा बोलका गीत चर्चित छन् ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved