मोरङका मिलनको अष्ट्रेलियामा मृत्यु

  • प्रकाशित मितिः मंसिर, 22, 2075
  • पहिलो किताब संवाददाता

मोरङ / मोरङको मधुमल्लाका मिलन तामाङको अष्ट्रेलियाको सिड्नीमा मृत्यु भएको छ । आइटी विषयमा डिप्लोमा अध्ययन गर्न सिड्नी पुगेका तामाङको उपचारका क्रममा मृत्यु भएको हो ।

२० वर्षिय तामाङ नेपालबाट प्लस टु सकेर उच्च शिक्षाका लागी अष्ट्रेलिया पुगेका थिए ।

उनीसँगै बस्ने साथीले दिएको जानकारीअनुसार बुधबार पढिरहेको समयमा ढलेका उनलाई उपचारका लागि एम्बुलेन्समार्फत अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकहरुले उनलाई बिहीबार मृत घोषणा गरेका थिए । उनको मृत्यु 'ब्रेन हेमरेज' का कारणले भएको चिकित्सकहरुले बताएका छन् ।

उनको शव नेपाल पठाउने पहल सुरु गरिएको छ । कलेजका निर्देशकले मृतक तामाङ अध्ययनका लागि आउँदा तिरेको सबै शुल्क फिर्ता गरिदिने जानकारी दिँदै उनको शव नेपाल पठाउन सक्दो पहल भइरहेको बताए ।

शव नेपाल पठाउन सिड्नी तामाङ सोसाईटीले सहयोग संकलन सुरु गरेको छ भने आप्रवासी नेपालीहरुको संगठन एनआरएनले समेत सहयोग गर्न आग्रह गरेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved